दिल्लीमा अखिल भारत नेपाली एकता मञ्चकाे सम्पर्क नगर कमिटी गठन
अखिल भारत नेपाली एकता मञ्चकाे दिल्ली(मोडल टाउन, तिमार पुर, दिल्ली विश्वविद्यालय) सम्पर्क नगर समिति गठन भएको छ । समिति लाेकेन्द्र चुनाराकाे अध्यक्षतामा गठन भएको हाे । समितिकाे उपाध्यक्षमा पुनम पाण्डे र सचिवमा सतपाल विक चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रिटर्नीसेन्टर नेपालका इन्चार्ज एवम् सुदुरपश्चिम प्रदेश सभा सदस्य शिव सिंह ओलीकाे प्रमुख आतिथ्यतामा भएको भेलाबाट ९ सदस्यीय सम्पर्क नगर कमिटी र ललित सुनारकाे संयाेजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।
उपचारको सिलसिलामा भारतको दिल्लीमा आएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य र रिटर्नी सेन्टर नेपालका इन्चार्ज, सुदुरपश्चिम प्रदेस सांसद शिव सिह ओलिलाई अखिल भारत एकता समाजले स्वास्थ्य लाभकाे कामना गरेको थियाे ।
साे अवसरमा अखिल भारत नेपाली एकता मन्च केन्द्रिय सचिबालय सदस्य, दिल्ली एन सि आर राज्य समिति सहइन्चार्ज अर्जुन दयालको विशिष्ट आतिथ्य रहेको थियाे ।
प्रमुख अतिथि सिंहले नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाइ बिर र दोसल्ला लगाइ बधाइ तथा सफल कार्यकालको सुभकामना दिएका थिए ।
समिति यसप्रकार रहेकाे छ –
अध्यक्ष – लोकेन्द्र चुनारा
उपाध्यक्ष – पुनम पाण्डे
सचिव – सतपाल बिक
सह सचिव- राजेश चदरा
कोसाध्यक्ष -लक्ष्मी सार्की
सदस्यहरु – पुनम बिक, ममता सार्की, पुजा सार्की, विस्ना देवी
सल्लाहकार समिति
संयोजक- ललित सुनार
सदस्य- बिस्ना सुनार
सदस्य- लिला सार्की