टर्कीको विमान निर्माण कम्पनीमा आक्रमण, ७ काे ज्यान गयाे
टर्कीको राजधानीनजिकै अवस्थित विमान निर्माण गर्ने एउटा कम्पनीको मुख्यालयमा हमला हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको र २२ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार उक्त घटनापछि टर्कीको सेनाले इराक र सिरियामा कुर्दिश विद्रोही समूह पीकेकेसँग सम्बन्धित स्थानमा हमला गरेको छ। टर्कीको रक्षा मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गर्दै उक्त कारबाहीमा कुल ३२ स्थान ध्वस्त बनाइएको जनाएको छ।
टर्कीका अधिकारीहरूका अनुसार राज्यको स्वामित्वमा रहेको अस्त्र र विमान निर्माण कम्पनीमा बुधवार दुई जनाले हमला गरेका थिए। आन्तरिक मामिलामन्त्री अलि येर्लिकायाले आक्रमणकारीमध्ये एक महिला र एक पुरुष थिए। सुरक्षाकर्मीहरूले गरेको प्रत्याक्रमणमा दुवै जनाको मृत्यु भयो। बीबीसीबाट