डुवान, वाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या ८७ पुग्यो, क्षती बढ्दै

मूलखबर संवाददाता
काठमाडौं, १२ असोज ।

बिहीबारदेखि आएको अविरल वर्षा विपदमा परि मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दा शनिबार बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको संख्या ८७ पुगेको छ। त्यस्तै ७२ जना बेपत्ता छन्। राजधानी काठमाडौं उपत्यकाको ललितपुरु भत्तःपुर रकाठमाडौंमा नै ३५ जनाले ज्इान गुमाउका छन् भने काभ्रे रसिन्धुपाल्चोकमा पनि ठूलो जनधनको क्षती भएको छ । सडकहरुमा पहिरोले सवारी साधनहरु पुरिएका छन् भने मुख्य सडक संजाल जोड्ने पक्की पुल र वेली ब्रीजहरु बगाएपछि यातायात ठप्पप्रायः छ ।

अविरल बर्षासँगैको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको प्रहरीले जनाएको छ । वाढी, पहिरो र डुवानमा परी ७२ जना वेपत्ता र ३६ जना घाइते भएको सशस्त्र प्रहरीले शनिबार राति जनाएको छ । यस्तै देशभर १ सय ९५ ठाउँमा भौतिक क्षति भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

डुबान, बाढी र पहिराेले देशभर ५० बढीको मृत्युु, राजधानीमा मात्रै ३२ जनाकाे मृत्यु, सयाैं वेपत्ता

उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर ३ वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब ४ हजार जनशक्ति परिचालित भई १ हजार ४ सय ५७ जनाको सकुशल उद्धार गरिएको उनले बताए । उनका अनुसार उपत्यकामा ३४ जनाको मृत्यु, २१ जना वेपत्ता र १५ जना घाइते भएका छन् ।

यसैगरी कोशी प्रदेशको पाँचथर, ओखलढुङ्गा, धनकुटा, झापा, मोरङ, सोलुखुम्बु र सुनसरीमा गरी ८ सय ५३ जनाको सकुशल उद्धार गरिएको छ भने १ सय ५२ स्थानमा भौतिक क्षति, १० जनाको मृत्यु, ९ जना वेपत्ता र २ जना घाइते भएका छन् ।

मधेश प्रदेशको रौतहट र महोत्तरी जिल्लामा ५५ जनाको सकुशल उद्धार गरिएको छ भने १० स्थानहरुमा भौतिक क्षति र १ जना वेपत्ता भएका छन् ।

यसैगरी बागमती ९उपत्यका बाहेक० काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ र चितवन जिल्लामा गरी ४ सय ९४ जनाको सकुशल उद्धार गरिएको छ भने ३१ स्थानमा भौतिक क्षति, २९ जनाको मृत्यु, १९ जना घाइते र ३९ जना वेपत्ता भएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशको रुपन्देहीमा बाढिमा परी २ जना वेपत्ता भएको उनले बताए । नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाहरुमा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १० हजार ५ सय ४० जना जनशक्ति परिचालि गरिएको उनले बताए ।