डुबान, बाढी र पहिराेले देशभर ५० बढीको मृत्युु, राजधानीमा मात्रै ३२ जनाकाे मृत्यु, सयाैं वेपत्ता

मूलखबर संवाददाता
काठमाडौं, १२ असाेज

बिहीबारदेखि लगातार परेकाे वर्षाकाे कारण भएको डुबान, बाढि र पहिराेका कारण देशभर ठूलाे जनधनकाे क्षति भएको छ । वर्षा र वाढीकाे पुर्व सुचना र आंकलन भएको भएतापनि पर्याप्त सरकारले पुर्व तयारी नगर्दा राजधानी काठमाडौं उपत्यकामै सबैभन्दा बढि मानविय क्षति भएको छ ।

शनिबार दिउँसो २ बजेसम्म देशभर कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार भएको छ ।

शनिबार अपरान्हसम्म काठमाडौँमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेपलाञ्चोकमा ६, सिन्धुपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १-१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

काभ्रेको तेमालमा पहिराेले घर पुरिँदा थप ८ जनाकाे ज्यान गएकाे खबर छ।

काभ्रेको राृशी गाउँपालिका अन्तरगत नार्के बजार नै पहिराले बगाएको खबर छ ।

बाढीपहिरोमा परेर दर्जनौँ घाइते भएका छन् भने अरू दर्जनौँ बेपत्ता छन् । प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता रहेका छन् । उपत्यकामा मात्रै बाढीमा फसेका १०५३ जनाको उद्धार गरिएको छ ।

उपत्यकामा बाढीले चार वटा पक्की घर भत्काएको छ भने एक हजार २४४ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।