त्रिवि उपकुलपतिमा १४ जना सर्ट लिष्टेड (नामावलीसहित)
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि १४ जना सर्ट लिष्टमा परेका छन् ।
उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम ‘सर्टलिस्ट’मा राखेको जानकारी समितिका सदस्य डा. चन्द्रकला घिमिरेले जानकारी दिनुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागवण्डाका आधारमा नभइ प्रतिस्पर्धाका माध्यमबाट योग्य व्यक्तिलाई नियुक्ति गर्न खुला प्रतिस्पर्धा गराउन निर्देशन दिएपछि त्रिविको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले उपकुलपतिका लागि आवेदन माग गरेको थियो ।
समितिले आवेदन मागे गरेपछि २ महिलासहित ४३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये समितले १४ जनालाई सर्ट लिस्टमा राखेको हो ।
सर्ट लिष्टमा पर्नेहरूमा पुर्व उपकुलपति तिर्थराज खनिया, सुर्यबहादुर थापालगायत रहेका छन् । नामावली बर्णानुक्रम अनुसार राखिएको छ ।
सर्ट लिष्टमा परेका नामावली –
१. कुशुम शाक्य,
२. केशरजंग बराल
३. गोविन्द सुवेदी,
४. चित्रबहादुर बुढाथोकी,
५. ज्ञानेन्द्र प्रसाद पौडेल,
६. टंकनाथ धमला,
७. तीर्थराज खनियाँ
८. नारायणप्रसाद बेलवासे
९. प्रकाश घिमिरे,
१०. भोजराज अर्याल
११. महेन्द्र पव्रसाद शर्मा
१२. रामचन्द्र बस्नेत
१३. शिवलाल भुसाल र
१४. सूर्यबहादुर थापा