माओवादी केन्द्रले छान्याे राष्ट्रिय सभाका ६ उमेदवार

मूलखबर संवाददाता
काठमाडौं

सत्तारूढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा  अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

माओवादीले यसपटक सबै उमेदवारहरू यश अघि निर्वाचन नलडेका र अवसर नपाएका नेताहरूलाई अवसर दिएकाे हाे ।