प्रचण्डको निर्देशन कार्यान्वयन हुँदै, उच्चस्तरीय जाँचबुझ आयोगले आजैदेखि काम गर्ने

मूलखबर संवाददाता
काठमाडौं

बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न सत्तागठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोग गठन सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।

गत शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा बञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो। घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरिसकेको छ।

कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेलगत्तै बसेको शीर्ष नेताहरुको बैठकपछि प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले बालकुमारीमा भएको घटनाका बारेमा जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्नेछ र सो आयोगले सोमबारदेखि नै कार्य प्रारम्भ गर्नेछ ।

सरकारले बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले घटनाको न्यायिक छानबिनका लागि उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको हो ।

गठन भएपछि आजैदेखि आयोगले कार्य प्रारम्भ गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले गोविन्द आचार्यले जनाएका छन् ।

उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयलाई उच्चस्तरीय जाँचबुझ आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन आइतबार निर्देशन दिएका थिए ।

आइतवार बसेको सत्ता गठबन्धको बैठकमा समेत प्रचण्डले आयोग गठनका लागि भइरहेको तयारीका सम्बन्धमा जानकारी गराएका थिए ।

कोरियाली भाषा परीक्षामा सहभागी हुन नपाएको विषयलाई लिएर भएको आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवकको मृत्यु भएको थियो । घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । साथै भौतिक पूर्वाधार तथा यात्रायात मन्त्री प्रकाश ज्वाला सरकारी गाडीमा आगजनी भएको थियो ।

गृहमन्त्रालयले सोही दिन घटनाको छानबिनका लागि समिति गठन गरेको थियो । सरकारले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने घोषणासमेत गरिसकेको छ ।