गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्दै सरकार, यस्ता छन् गाँजाका फाइदा
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा शुक्रबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। यसमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य छन् भने कृषि मन्त्रालयका सहसचिव सदस्य-सचिव रहने छन्।
कार्यदलले काम सुरू गरेको एक महिनाभित्र प्रतिवेदन बुझाउन समय तोकिएको बैठकमा अर्थमन्त्री महतले बताए।
यो कार्यदललाई दुईवटा विषय म्यान्डेट दिइएको छ। यसले गाँजालाई औषधिका रूपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकीकरणको सम्भाव्यता के छ भन्नेबारे अनुसन्धान गर्नेछ। गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ।
चालू आर्थिक वर्षको बजेटमा गाँजा खेतीको सम्भावनाबारे अध्ययन गर्ने उल्लेख थियो। बजेट वक्तव्यको १०५ नम्बर बुँदामा औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले उल्लेख गरेका थिए।
के छन् गाँजाका फाइदा
गाँजा ‘म्यारुवाना’ का रूपमा विश्वबजारमा प्रख्यात छ । यसमा १ सयभन्दा बढी रसायन तत्त्व पाइन्छन् । गाँजामा पाइने टेट्राहाइड्रो क्यानाबिनोल (त्ज्ऋ) र क्यानाबिडोल (ऋद्यम्) तत्त्वलाई औषधिका रूपमा प्रयोग गरिएको पाइन्छ । टीएचसीले गाँजा सेवन गर्दा अलौकिक संसार पुगेको महसुस गराउँछ । त्यसैले गाँजा सेवन गर्दा मस्तिष्क आफ्नो काबुमा कमै हुने गर्छ । अल्जाइमर, पाचन प्रक्रियाको समस्या, एनोरेजिया, छारेरोग, सिजोफ्रेनिया, दीर्घकालीन मांसपेशीको दुखाइ कम गर्न, क्यान्सरका ट्युमर कोषिकालाई मार्न गाँजाको सीमित प्रयोग गर्न सकिने वैज्ञानिक तथ्यले बताएको छ । गाँजाको दानालाई अचारका रूपमा प्रयोग गर्दा पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।
गाँजालाई चेतनाको फरक अनूभूतिका निम्ति प्रयोग गर्ने गरेको पाइन्छ । दिमाग शान्त र पीडारहित पार्ने माध्यमका रूपमा पनि गाँजा प्रयोग भइरहेको देखिन्छ । शिवरात्रिमा शिवको प्रसादका रूपमा गाँजालाई लिइने परम्परा पहिलेदेखि नै रहिआएको छ । त्यसैले यो दिन मिठाई वा लड्डुमा गाँजा राखेर खाने परिपाटी रहिआएको छ । नेपालमा धेरैजसोले एडिक्सनका हिसाबले चुरोटमा राखेर खाने गर्छन् ।
गाँजाका फाइदा
– गाँजामा २ सय रसायन हुन्छन्, जसमध्ये टिएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने काम गर्छ ।
– डिप्रेस भएको मानिस सुरुमा ‘हाइ’ हुन्छन् । त्यसपछि उनीहरूको ‘मुड फ्रेस’ हुन्छ ।
–‘जर्नल अफ सेक्सुअल मेडिसिन’ को रिपोर्ट अनुसार गाँजा नियमित सेवन गर्नेको यौन क्षमता सेवन नगर्नेको तुलनामा बढी हुन्छ।
–गाँजामा २ सय रसायन हुन्छन्, जसमध्ये टीएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने काम गर्छ ।
–डिप्रेस भएको मानिसलाई सुरुमा ‘हाई’ हुन्छन् । त्यसपछि उनीहरूलाई ‘मुड फ्रेस’ हुन्छ ।
–गाँजाले खानेकुरामा रुचि बढाउँछ। एचआईभी एड्स लागेकाहरूलाई खानाको रुचि कम हुन्छ, उनीहरूलाई खानाको रुचि बढाउन पनि गाँजा सहयोगी हुन्छ भन्ने धारणा छ ।
–पाचन प्रणाली राम्रो हुन्छ। छारेरोगीलाई पनि फाइदा पु¥याउँछ ।
–क्यान्सरमा किमोथेरापीपछि हुने वान्तालाई पनि यसले कम गर्छ भन्ने मान्यतता रहि आएको छ ।
–‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ ।
–शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ ।
–निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजाको औषधि प्रयोग हुँदै आएको छ ।
–गाँजाको कण मिसाएर तयार पारिने ‘लक्ष्मीविलास रस’ नाकबाट पानी बग्ने रोगमा अचुक ओखती मानिन्छ ।
–बिरामी लठ्याउन वा उसको पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा गाँजा प्रयोग हुँदै आएको थियो ।
बेफाइदा
-लामो समयसम्म गाँजा प्रयोग गर्दा मानसिक रोग लाग्न सक्छ ।
– यसको प्रयोग निरन्तर गरेमा तौल कम हुन्छ ।