कीर्तिपुर नगर मेयरका उम्मेदवार प्रा.डा.शिवशरण सबैका गुरु र समाजसेवी
मंसिर १६ गते हुने उपनिर्वाचनमा काठमाडौं जिल्लाकाे कीर्तिपुर नगरपालिकाकाे मेयरमा २० जनाले उमेदवारी दर्ता गरेका छन् ।
उमेदवारहरू मध्ये सबैका गुरु रहेका प्रा.डा. शिवशरण महर्जन पनि एक हुन् । नेकपा(माओवादी केन्द्र)का तर्फबाट उमेदवार बनेका महर्जनले नेपालकाे सबैभन्दा ठूलाे विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयदेखि देशका विभिन्न क्याम्पसहरूमा ४३ वर्ष अध्यापन गराएका थिए । त्यसैगरी विभिन्न विद्यालय व्यवस्थापन समितिकाे नेतृत्व देखि कीर्तिपुरस्थित विभिन्न समुदायमा विकास निर्माण, खानेपानी र अन्य क्षेत्रमा समाजसेवाकाे नेतृत्व गरेका छन् ।
हाल उनिसँग प्रतिस्पर्धामा उत्रनकाे लागि उमेदवार दर्ता गरेका सबैजसाे उमेदवारका उनी गुरु र अभिभावक रहेकाे स्वयं उमेदवारहरूले नै बताएका छन् ।
उनको उमेदवारीबाट त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने र प्राध्यापन गर्ने सबैलाई उत्साहित बनाएकाे विश्वविद्यालयका प्राध्यापक प्रा.डा. रामकृष्ण तिवारीले बताए ।
कीर्तिपुर न.पा.को मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनको उल्लेखनिय कामहरू के के हुन ?
—————————————————————–
१. जनसेवा, कीर्तिपुर मा. बि स्कुल हुँदैं महेन्द्र रत्न क्याम्पस ताहाचल, सुर्खेत क्याम्पस, पृथ्बीनारायण क्याम्पस हुँदै त्रिभुवन बिश्व बिधालय कीर्तिपुर क्याम्पसमा अध्यापन (२०३३-०७६ )
२. त्रि. वि अनुदान आयोगको सदस्य
३. त्रि वि शिक्षा बिभागको प्रमुख
४. कीर्तिपुर बहुउद्देश्यीय सहकारी सस्था को भू पु अध्यक्ष र सल्लाहाकार
५. कीर्तिपुर खानेपानी ब्यवस्थापन समितिका सल्लाकार
६. स्वास्थ्य तथा जनसंख्या बिभाग कीर्तिपुर का -अध्यक्ष
७. स्वास्थ्य तथा भौतिक शिक्षा बिभाग सानोठिमी -अध्यक्ष
८. प्राबिधिक शिक्षालय समितिको -सदस्य सचिब
९. पुस्तकालय विकास समितिको -संयोजक
१०. स्वस्थ शिक्षा महासंघको अध्यक्ष
११. मंगल बहुमुखी क्याम्पसको -अध्यक्ष
१२. उज्ज्वल हाई स्कुलको अध्यक्ष
१३. मंगल उच्च शिक्षा बिद्यालयको- अध्यक्ष
१४. चिथुबिहार सामुदायिक विकास समिति को सस्थापक अध्यक्ष
१५. नेवा: दे गुठि को नेपाल मण्डल- केन्द्रिय सदस्य
१६. सहिद स्मारक कलेजको संस्थापक सदस्य
१७. संयाेजक-तात्कालिन चिथुविहार गा.बि.स. अन्तर्गत प्लान ईन्टरनेशनल नेपाल
१८. सल्लाहकार-कीर्तिपुर खानेपानी ब्यवस्थापन समिति
१९. संयाेजक-सिम झवा:हितिबाट कीर्तिपुरसम्म खानेपानी ल्याउन गठित बृहत् कीर्तिपुर खानेपानि परियाेजना २०५०
२०. बि.सं.२०५२/११/०१ देखि तत्कालिन नेपाल खानेपानी संस्थानबाट अनुमति लिई कीर्तिपुर खानेपानी ब्यबस्थापन समितिकाे सकृयतामा घर घरमा निजिधारा बितरण गर्न सफल
२१. तात्कालिन चिथुबिहार गा.बि.स.काे सकृयतामा बनेकाे चिलन्चाे स्थित खानेपानी रिजरभ्वायर ट्यांकि निर्माण गर्न सक्रिय याेगदान
२२. नेपाल अधिराज्यभरिमा सर्वप्रथम जनस्तरकाे लगानीमा कीर्तिपुर यातायात संचालन गर्नमा प्रमुख भुमिका
२३. सल्लाकार -कीर्तिपुर खेलकुद विकास समिति
२४. सामुदायिक स्कूल संजालको भू पु अध्यक्ष
२५. गाउँ विकास समिति संजालको -अध्यक्ष
२६. खानेपानी ब्यबस्थापन सुधार समितिका- संचालन गर्नमा प्रमुख भुमिका