
सावधान ! बाल मृत्युको प्रमुख कारण निमाेनिया बन्दैछ
नेपालमा बालबालिकाकाे मृत्युदर बढिरहेको तथ्यांक देखिएकाे छ ।
नेपालमा प्रत्येक वर्ष पाँच वर्षमुनिका प्रत्येक १,००० जना बालबालिकामा ३३ जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयमातहतका एक जना अधिकारीले बताएका छन्।
त्यसरी बालबालिकाको मृत्यु हुनाको प्रमुख कारक भने निमोनिया रहेको स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतमले बताए।
अब चिसाे माैसम आउँदै छ । चिसाे माैसममा निमाेनियाकाे प्रकाेप बढ्ने निश्चित छ । त्यसैले आफ्ना नानीबाबुहरूलाई चिसाेबाट बचाउन तथा ताताे राख्न विशेष सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।
उनका अनुसार बालबालिका मृत्युको अन्य कारणमा झाडापखाला, औलो (मलेरिया), दादुरा र घाउचोटलगायत रहेका छन्। सरकारले सन् २०३० सम्ममा उक्त मृत्युदर ३३ जनाबाट घटाएर २० भन्दा कम पार्ने लक्ष्य लिएको बताइएको छ।
