नाडा अटो शो : प्रदर्शनीको मुख्य आकर्षण बन्दै इभी

मूलखबर संवाददाता
काठमाडौं

नाडा अटो शो २०२३ मा नयाँ इलेक्ट्रीक कार प्रदर्शनी हुँने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा यहि भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म हुने अटो शोमा मुख्य आकर्षण इभी बन्ने देखिन्छ । निशान, टाटा, हुन्डाई, सेरेस, जिडब्लुएम, सिट्रोन, निटाभी, बिवाइडी, एमजी, जि इभी र उलिङले इभी प्रर्दशनीमा राख्नेछन्।

प्रदर्शनीमा १६ वटा ब्राण्डमध्ये ११ ब्रान्डले इलेक्ट्रोनिक गाडी प्रदर्शनीमा राख्नेछन। आयोजकले उक्त अटो सोमा २० अर्बको कारोबार हुने लक्ष्य लिएको छ । प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटोसम्बन्धी सेवा सुविधा दिने जस्तै वित्तीय सेवा, बिक्रिपछिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरूसमेत रहनेछन् । उक्त प्रदर्शनीले अर्थतन्त्र चलायमान बनाउन मद्धत पुग्ने नाडाको दावी छ ।

नाडाले २ पाङग्रे, ४ पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरर्णहरुको छुट्टाछुट्टै प्रदर्शन गरिने जनाएको छ । एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीडभाड कम गर्न एवम् आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन खल्ती एप मार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्थासमेत नाडाले मिलाएको छ । प्रर्दशनीमा सर्वसाधारणको लागि २०० रुपैयाँ र विद्यार्थीको लागि १५० रुपैयाँ प्रवेश शुल्क लाग्ने छ । खल्तीबाट अनलाइन टिकट लिन सकिने छ ।