४८ एसपी र १२० डिएसपीकाे सरूवा : काे कहाँ पुगे ?
गृह मन्त्रालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) तथा एक सय २० जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । सरुवामा ३० जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । एसपी प्रमुख हुने १२ जिल्ला तथा डिएसपी प्रमुख हुने १८ जिल्लामा प्रहरी नेतृत्व फेरिएका हुन् ।
एसपी सरुवाअन्तर्गत कास्कीमा मोहन थापा, उदयपुरमा रमेश थापा, सुनसरीमा विपीन रेग्मी, नुवाकोटमा सञ्जयसिंह थापा, दाङमा रामबहादुर केसी, बारामा सुरेश काफ्ले, रौतहटमा महेन्द्रकुमार श्रेष्ठलाई पठाइएको छ । सप्तरीमा गजुसिद्धि बज्राचार्य, पूर्वीनवलपरासीमा नरहरि रेग्मी, कपिलवस्तुमा नवरत्न पौडेल, भक्तपुरमा वेद विष्ट, इलाममा वासुदेव खतिवडाको सरुवा भएको छ । पश्चिम नवलपरासीमा काजमा गएका एसपी काजीकुमार आचार्य तथा मकवानपुरका सीताराम रिजालको त्यहीँ सरुवा भएको छ ।
डिएसपी प्रमुख हुने पहाडी तथा हिमाली जिल्लाका प्रमुख पनि फेरिएका छन् । अर्घाखाँचीमा डिएसपी प्रतितसिंह राठौर, संखुवासभामा घनश्याम श्रेष्ठ, भोजपुरमा सुदीपराज पाठक, खोटाङमा पुरुषोत्तम खड्काको सरुवा भएको छ । कालिकोटमा अर्जुन केसी, प्युठानमा ईश्वर थापा, बाजुरामा कवीन्द्रसिंह बोहरा, पर्वतमा खुमलाल भुसाल, डडेल्धुरामा दीपककुमार कार्की, बैतडीमा दीपक गिरी, सल्यानमा नवीन कार्कीलाई पठाइएको छ ।
मनाङमा फणिन्द्र रानाभाट, मुगुमा वीरेन्द्र थापा, बझाङमा भरतबहादुर शाह, मुस्ताङमा भोजराज पाण्डेय, लमजुङमा मीनबहादुर घलेको सरुवा गरिएको छ । दार्चुलामा शिवबहादुर सिंह, पाँचथरमा हेमन्त भण्डारी क्षेत्रीको सरुवा भएको छ । त्यस्तै, विभिन्न इप्रका तथा प्रहरी वृत्तका प्रमुख पनि फेरिएका छन् ।