एमालेद्वारा निरन्तर संसद अवरुद्घ, नेम्वाङ भन्छन् -`संविधान र नियमसंगत छैन´
प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले निरन्तर संसद बैठक अवरुद्घ गरिरहेको छ । सुन तस्करी काण्डकाे छानविनकाे लागि संसदिय समिति बनाउने झिनाे माग राखेर एमालेले गरिरहेको संसद अवराेधकाे चाैतर्फि आलोचना भईरहेकाे बेला संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संघीय संसद्मा भइरहेको अवरोध संविधान र नियमसंगत नभएको बताएका छन् ।
संसदीय व्यवस्थामा अवरोध गर्नु संविधान र नियमसँग मेल नखाने बताएका हुन् । राजनीतिक दलहरूले संसद्मा अवरोध गर्ने कुराको औचित्य पुष्टि गर्नुपर्ने उनको भनाइ थियो ।
संघीय संसद् सचिवालयले आयोजना गरेको ‘संसद्-सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा नेम्वाङले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध हुने व्यवस्था संविधान र नियममा उल्लेख नभएको भनाइ थियो । ‘संसद् अवरोध नियमसंगत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको औचित्य पुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो,’ उनले भने ।