बालुवाटारमा सम्पादकसँग प्रधानमन्त्री : संसद खुलाउन हदै लचिलाे भइएकाे छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद अवरुद्घ गर्नेहरूले परिवर्तन उल्ट्याउने सपना देखेकाे बताउनुभएको छ ।
सम्पादकहरूसँगकाे भेटमा प्रधानमन्त्री प्रचण्डले सरकार अत्यन्तै लचकताका साथ सहमति गर्न तयार भएर सहमति भएपछि पनि एमालेले संसद अवरुद्घ गरिरहनुमा सरकारलाई असफल पार्ने र मुलुकलाई पछाडि फर्काउने साेँच रहेको देखिन्छ ।
उहाँले प्रमुख प्रतिपक्षी दललाई ३ वटा समितिकाे सभापति दिने सहमति यसअघि कहिले नभएको बताउँदै त्यसाे गर्दा पनि एमालेले संसद अवरूद्व गरिराख्नु जायज नभएको बताउनुभयाे ।
प्रधानमन्त्रीले भ्रष्टाचार र तस्करीमा जसकाे संलग्नता देखिए पनि कार्वाही गर्न र अनुसन्धान गर्न आफूले प्रहरीलाई निर्देशन दिएको बताउनुभयो । उहाँले सुन काण्डका बारेमा प्रश्न उठेकाले पार्टी नेता महराबारे छिटो अनुसन्धान गर्न पनि भनिएकाे बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि छिटो अनुसन्धानतर्फ जाने बताउनुभयाे ।
सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताउनुभएकाे हाे ।