क्वीन्टल सुन तस्करुीमा सर्वाधिक खोजिएका दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

मूलखबर संवाददाता
काठमाडौं, २६ साउन ।

क्वीन्टल सुन तस्करी प्रकरणमा एक पछि अर्को गर्दै सम्लग्नहरु पक्राउ परिरहेका छन् । यसै सन्दर्भमा सर्वाधिक खोजिएका दुई चिनियाँ नागरिक आज पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले सर्वाधिक खोजिएका ती २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पक्राउ गरेको हो।

सीआईबी स्रोतका अनुसार आज बिहान चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ ।

हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ परेका उनीहरु हालै बरामद भएको ‘ब्रेक शु’मार्फत भएको सुन तस्करीमा संलग्नता रहेको खुल्न आएको छ ।