कांग्रेसका बहालवाला सांसद शर्मा नक्कली शैक्षिक प्रमाणपत्र अभियाेगमा पक्राउ
विवादास्पद अभिव्यक्तिले पटक पटक समस्यामा पर्दै आएका मेडिकल व्यवसायी समेत रहेका प्रतिनिधिसभा सदस्य डा सुनील शर्मा अन्ततः कक्षा १२ को शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियाेगमा पक्राउ परेका छन् ।
उनको कक्षा १२ काे प्रमाणपत्र नक्कली भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । बेलबारी–९ मोरङ स्थायी ठेगाना भएका उनले भारतबाट कक्षा १२ उत्तीर्ण भनि ल्याएको शैक्षिक प्रमाणपत्र नक्कली पाइएको सीआईबीले जनाएको हाे । सोही प्रमाणपत्रका आधारमा उनले त्यसपछिको अध्ययन गरेको सीआईबीको दाबी छ।
सीआईबीले गरेको लामो अनुसन्धानपछि उनको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको पाइएको थियो । त्यसपछि प्रहरी उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो ।