माओवादी केन्द्रकाे संसदीय दलकाे बैठक सिंहदरबारमा
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) काे संसदीय दलकाे बैठक सिंहदरबारस्थित संसदिय दलकाे कार्यलयमा बसेकाे छ ।
पार्टीको केन्द्रीय समिति बैठक सम्पन्नलगत्तै बस्न लागेकाे बैठकमा केन्द्रीय समिति बैठकले गरेका अभियान सञ्चालन, शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने र संसदिय समितिकाे सभापति चयन लगायतका विषयमा छलफल गर्न लागिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रतिनिधिसभा सदस्य तथा उपमहासचिव वर्षमान पुन अनन्त, जनार्दन शर्मा, शक्ति बस्नेत, प्रमुख सचेतक तथा सचिव हितराज पाण्डेसहित सबै सांसदहरूकाे उपस्थिति रहेकाे छ ।