नेताहरूकाे कार्यविभाजन, ३ महिने विशेष रूपान्तरण अभियान गर्ने निर्णय (के-के भए निर्णय ?)
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)काे केन्द्रीय समिति बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण नामक ३ महिने अभियान’ सुरु गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको हाे ।
राजधानीकाे कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले आगामी भदौ १५ गतेसम्म सम्पूर्ण तयारी सक्ने र सबै वडामा १६ गते एकै दिन अभियानकाे उद्घाटन गरिने बताए । यो अभियान भदाै असाेज र कार्तिक तीन महिनासम्म सञ्चालन गरिने जानकारी प्रचण्डले गराउनुभयाे । उहाँले देशकाे ७६४३ वडामा रहेका सबै जनताको घर-घरमा माओवादी पुग्ने बताउँदै आफू पनि ७ प्रदेशका सातवटा वडामा पुग्ने बताउनुभयो । उहाँले पार्टीका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि आफू सँगै वडामा पुग्ने निर्णय भएको बताउनुभयो ।
यस्तो छ जनतासँग माओवादी
-बिशेष रुपान्तरण अभियान”का मुख्य कार्ययाेजना
जनजनमा माओवादी घरघरमा माओवादी✊✊
१. देशभरका ७६४३ वडाका सबै घरमा पुग्ने
२. पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ७ प्रदेशका ७ वटा वडामा पुग्ने
३. वडामा केन्द्रीय सदस्य नै अभियानकाे नेतृत्व गरेर जाने
४. वडाका सबै सहिद परिवार, वेपत्ता परिवार, घाइते, अपांग र पार्टी कार्यकर्ता परिवार भेटघाट र सम्मान गर्ने
५. पार्टी सदस्यता नविकरण, विस्तार र कमिटिकाे बैठक, भेला, प्रशिक्षणमार्फत कमिटि सक्रिय र संस्थागत गर्ने
६. तीन चरणमा अभियान सम्पन्न गर्ने
बैठकले पदाधिकारीसहित नेताहरूकाे जिम्मेवारी पनि हेरफेर गरेको छ –
यस्तो छ नेताहरुको जिम्मेवारी
१. वर्षमान पुन अनन्त – उपत्यका बिशेष प्रदेश इञ्चार्ज
२. चक्रपाणी खनाल- १ नं प्रदेश इञ्चार्ज
३. लीलामणि पोख्रेल- मधेस प्रदेश इञ्चार्ज
४. जनार्दन शर्मा प्रभाकर- बागमती प्रदेश इञ्चार्ज
५. देवेन्द्र पौडेल सुनिल- गण्डकी प्रदेश इञ्चार्ज
६. हितमान शाक्य सुमन- लुम्बिनी प्रदेश इञ्चार्ज
७. मात्रिका यादव- कर्णाली प्रदेश इन्चार्ज
८. डिलाराम आचार्य- सुदुरपश्चिम प्रदेश इञ्चार्ज
९. गिरिराजमणि पोख्रेल – सम्पर्क समन्वय प्रदेश इञ्चार्ज
१०. राम कार्की – प्रवास प्रदेश इञ्चार्ज
त्यसैगरी
अग्नि सापकोटा – प्रचारप्रसार र आइटी इन्चार्ज
पम्फा भुषाल- जनसंगठन र माेर्चा इन्चार्ज
कृष्णबहादुर महरा- समाजवादी माेर्चा, एकता
गणेश शाह- विज्ञान प्रविधि
दिनानाथ शर्मा- अन्य जवस माेर्चा
अन्य निर्णयहरू
– भदौ, असाेज र कार्तिक महिनामा अभयान सञ्चालन गर्ने र मंसिरमा विधान सम्मेलन गर्ने
– सबै कमिटीहरू निर्वाचन पद्धतिबाट निर्वाचित गर्ने
– प्रदेश समन्वय केन्द्र खारेज गर्ने
-जवस माेर्चाकाे फ्रयाक्सन इन्चार्ज परिवर्तन गर्ने
– प्राकृतिक कृषि हरित अभियान सञ्चालन गर्ने
– जिल्ला ईन्चार्ज अन्तरजिल्ला जिम्मेवारी लिने गरि ताेक्ने
-निर्वाचन र प्रतिस्पर्धाकाे बाटाेबाट समाजवादकाे आधार तयार गर्ने
– ६७४३ वडामा कमिटी निर्माण गर्ने
– शान्ति प्रक्रियाकाे बाँकि काम सम्पन्न गर्ने
– भ्रष्टाचार र तस्करीविराेधी अभियान र कार्वाही लाई निरन्तर अगाडि बढाउने, प्रमाणले भेटेसम्म कसैलाई नछाड्ने