निर्वाचन सम्वन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकसम्वन्धि छलफल
अन्तरपार्टी महिला सञ्जाल केन्द्रीय समितिकाे आयाेजनामा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंकाे बानेश्वरस्थित अल्फाविटामा शुक्रबार आयाेजित कार्यक्रममा महिलालाई ५० प्रतिशत सहभागिता सुनिश्चित गर्न सहभागीहरूले माग गरेका छन् ।
कार्यक्रममा सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नेकपा एसका तर्फबाट प्रतिनिधिसभा सदस्यहरू र नेतृहरू सहभागी रहेका छन् ।
सञ्जालका महासचिव कमला राेकाले सञ्चालन गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष यशाेदा सुवेदीले निर्वाचन आयाेगले महिलामैत्रि हुनेगरी कानुन संशोधन र एकीकृत गर्न खाेजेकाेमा स्वागत गर्दै अझै केही अपुग रहेकाे धारणा राखिन् ।
कार्यक्रममा माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्य नारायणी शर्मा र राष्ट्रिय सभा सदस्य गंगा बेलबासे, नेकपा एमालेका प्रतीक्षा तिवारी लगायतले आफ्नो धारणा राखेका थिए । अधिकांश महिला सांसदहरूले महिला अधिकार र समावेशीताकाे विषयमा एकताबद्ध भएर लड्नुपर्ने र सदनदेखि सडकसम्म आवाज उठाउनुपर्ने बताएका छन् ।
कल्याणी रिजालकाे अध्यक्षतामा भएको कार्यक्रममा ६० भन्दा वढि महिला सांसदहरूकाे सहभागीता रहेकाे छ ।