बालुवाटारमा मन्त्रिपरिषद्काे बैठक, पीडा भुल्दै प्रधानमन्त्री प्रचण्ड नियमित काममा

मूलखबर संवाददाता
काठमाडौं, ३ साउन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जिवनसंगिनी सीता दाहालकाे निधनकाे ८ दिनमा पहिलोपटक मन्त्रिपरिषद्काे बैठक बालुवाटारमा आज बसेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा उपप्रधानमन्त्रीहरू र मन्त्रीहरू सहभागी रहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड शाेकमा सात दिन रहेपछि पहिलोपटक बसेकाे बैठकमा मन्त्रीहरूले समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड पत्नी शाेक र पीडालाई भुल्दै आजबाट नियमित काममा फर्कनुुभएकाे हाे ।

प्रधानमन्त्री प्रचण्ड आजबाट सार्वजनिक कार्यक्रममा समेत सहभागी हुँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड आजै गाेरखामा आयाेजना गरिएको बुढीगण्डकी आयोजनाकाे निरिक्षण र फिल्ड कार्यलय उद्घाटन कार्यक्रममा  सहभागी हुने कार्यक्रम रहेकाे छ ।