केपीको कटाक्ष : सरकार झुटको सहरामा टिक्यो

मूलखबर संवाददाता
काठमाडौं, २६ असार ।

प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रति कटाक्ष गर्दै सरकारको तागत नै झुट बोल्नु भएको टिप्पणी गरेका छन् ।

पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत भइसकेकाओलीले आफ्नो पार्टीविरुद्ध भ्रम छर्ने षड्यन्त्र भइरहेको बताए ।

उनले जेठ २४ गते पेस गर्नुपर्ने मिटरब्याजसम्बन्धी विधेयक असार ५ गते ल्याएर एमालेले पास गर्न दिएन भन्ने बनाएको बताए।
उनले भने, – ‘यिनीहरुनै हुन, जसले बैशाख २४ गते पेश गर्नुपर्ने कुरा असार ५ गते पेश गर्छन पार्लियामेन्टमा । के हेरेर बसे रु राष्ट्रियसभामा असार ५ गते पेश गर्छन, बैशाख २४ गते गर्नुपर्ने त्यो अध्यादेशसम्बन्धि प्रतिस्थापन विधेयक । बैशाख २४ देखि असार ५ सम्म के हेरेर बसे रु,’

ओलीले सरकार उदासिन, लापरवाह र सामन्तको पक्षमा भएकाले नियोजित रूपमा अन्तिम दिन विधेयक पारितका लागि संसदमा ल्याइएको आरोप लगाए।

पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखेको भनेर प्रचार गरिएको तथा मिटर ब्याजसम्बन्धी अध्यादेश रोकेको भनेर प्रचार गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

‘केटाकेटीको बल नै रुनमा हुन्छ, बाआमाले टेरेन भने रोएरै आफ्नो पक्षमा पर्छ’ उनले अघि भने, ‘अहिलेको सरकारको तागत झुट बोल्ने, अफवाह फैलाउने हो । गठबन्धनको यही देखिन्छ ।’