हाईटेन्सन लाइन मुनि परेका जग्गालाई दिर्घकालिन राेयल्टी दिन सांसद माझीको माग
प्रतिनिधिसभाकी सांसद उर्मिला माझीले विद्युत प्रसारण लाइन मुनि परेका जग्गालाई दिर्घकालिन राेयल्टी दिन माग गरेकी छिन् ।
संसदको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले प्रसारण लाइनमुनि पर्ने जग्गा बैंकिङ प्रयाेजनमा उपयाेग हुने बनाइनुपर्ने बताईन् । जलविद्युतकाे धनी देशमा विजुलि उत्पादन मात्रै नभएर निर्यात गर्नकाे लागि प्रसारण लाइन बनाउनुपर्ने र त्यसको लागि जग्गा प्राप्तिमा देखिएका समस्या हल गर्न जरुरी भएको बताइन् ।
उनले लमजुङमा निर्माणाधिन २२० केभीए प्रसारण लाइनको खुदि, बेशिशहर, अर्चलबाेट, राइनास लगायतका ठाउँहरूमा देखिएका समस्या तत्काल समाधान गर्न पनि माग गरिन् ।
संसदकाे पुर्वाधार विकास समिति सदस्य समेत रहेकी सांसद माझीले बजेटमा धेरै जनमुखि र सकारात्मक कुराहरू आएका र कार्यन्वयनमा दृढ इच्छाशक्ति र इमान्दारीता चाहिने बताइन् ।