घोराही सिमेन्टले पायो प्रिमियममा आईपिओ निष्काशन गर्ने अनुमति

मूलखबर संवाददाता
काठमाडौं

घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने  अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले वैशाख ६ गते कम्पनीलाई अनुमति दिएको हो । कम्पनीले उद्योग प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयर निष्काशन गर्नेछ ।

३  लाख ९७ हजार १ सय ९० कित्ता शेयर प्रभावित स्थानीयलाई र ७५ लाख ४६ हजार ६ सय ११ किता शेयर सर्वसाधारणलाई निष्काशन गरिनेछ  । स्थानीयलाई शेयरको मूल्य प्रति कित्ता ४०० र सर्वसाधारणलाई प्रति कित्ता ४ सय ३५ रुपैयाँ तोकिएको छ । आईपिओ निष्काशनको बिक्रि प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट  रहेको छ ।

बिसं २०६४ सालमा दर्ता भई वि.सं. २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड पश्चिम नेपालको सवै भन्दा ठुलो सिमेन्ट उद्योग समेत  हो। यो कम्पनि दाङ जिल्लामा रहेको छ ।