आजदेखी एसईई शुरू : यस्तो छ तयारी
विद्यार्थीकाे लागि फलामे ढाेकाकाे रूपमा चिनिने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ। आज चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुने परीक्षामा ५ लाख १६ हजार बढि विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको जानकारी दिनुभयो। देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन्।
पुरानो पाठ्यक्रम अनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ। प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ। कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ।