बालुवाटारमा गठबन्धन बैठक, के के भए निर्णय ?

मूलखबर संवाददाता
काठमाडौं, १० साउन ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नृतृत्वमा सरकरा निर्माण भएपनि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको पहिलो बैठक बसेको छ ।
एमाले वरिष्ठ नेता माधव नेपालसहितको उपस्थितिमा भएको सत्तारुढ गठबन्धनको बैठकमा सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र गठबन्धनको आगामी रणनीतिबारे छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

बैठक कक्षमा रहेको प्रधानमन्त्रीकोे कुर्चीमा नबसेर प्रधानमन्त्री नेताहरुसँग सोफामा बसेका थिए । यस अघिका यस्तै बैठकमा पुर्व प्रधानमन्त्री के पी ओली कहिल्यै पनि त्यो कुर्ची छोड्ने गर्दैनथे ।

बैठकले यसअघि शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादीबाट दुई–दुईजना मन्त्री बनाएका छन् । जनमोर्चाले सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । जसपाले पार्टी विवाद टुंगिएपछि मन्त्री छान्ने बताएको छ भने एमालेको नेपाल पक्षले सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गरिसकेको छैन ।