तथाकथित बैंठकको निर्णय सच्याउन ओलीलाई बामदेबको चेतावनी
काठमाडौं, १ चैत ।
एमाले उपाध्यक्ष वामदेव गौतमको समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अवैधानिक कदमप्रति आपत्ति जनाउँदै तत्काल ‘तथाकथित बैठक’ का निर्णय सच्याउन ध्यानाकर्षण गराएको छ ।
गौतम नेतृत्वको एकता अभियानको शनिबार बसेको बैठकले ओलीले एमालेको विधान मिचेर काम गरेको उल्लेख गर्दै ओलीका कदमले कम्युनिस्ट आन्दोलनलाई नै समाप्तिको दिशातर्फ धकेलिरहेको निष्कर्ष निकालेको सचिव बाबुराम थापाद्वारा जारी विज्ञप्तिमा छ ।