कोरोनाको त्रास : कस्तो मास्क लगाउने ? तरिकासहित
कोराेना भाइरसको महामारी बढ्दैै गएपछि सावधानी अपनाउन मास्कको प्रयोग गर्नुपर्ने भएकाले माग बढेको छ । सर्जिकल मास्क वा मेडिकल मास्कले किटाणु रोक्छ भन्दै डाक्टरले लगाउन सुझाव दिएका छन् । तर कतिपयलाई कसरी लगाउने, कस्तो मास्कले काम गर्छ, कुन खालको मास्क लगाउनेजस्ता विषय राम्ररी थाहा छैन ।
मास्कले कसरी काम गर्छ ?
अहिले बजारमा धेरैखालको मास्क पाइन्छ । त्यसमध्ये सर्जिकल मास्क आम नागरिकले धेरै प्रयोग हुने गरेका छन् । कपडाको मास्कले राम्ररी काम गर्दैन । त्यसैले सर्जिकल मास्कको प्रयोग बढेको छ । अर्काे, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको एन ९५ मास्क ९५ प्रतिशतसम्म किटाणु रोक्ने भएकाले यसलाई एन ९५ भनिएको हो । यस मास्कको बनोट र काम पनि फरक किसिमको छ ।
मेडिकल मास्क
यदि कुनै व्यक्तिलाई सङ्क्रमण भएको छ र रुघाखोकी वा श्वासप्रश्वाससम्बन्धी रोग लागेको छ भने खोक्दा, हाच्छ्यु गर्दा, बोल्दा निस्किने सानासाना कणलाई रोक्ने काम यो मास्कले गर्छ । मेडिकल मास्कको सबैभन्दा महत्वपूर्ण काम भनेको एउटा बिरामी मान्छेबाट अर्कोमा यसले स’ङ्क्रमण सर्नबाट रोक्छ ।
‘एन ९५’ जस्तो मेडिकल मास्क प्रभावकारी छैन, तर राम्रोसँग लगायो भने यसले ७० देखि ८० प्रतिशत किटाणुलाई सर्नबाट रोक्छ । यसको प्रयोग गर्दा ठूलो खालको मास्क लगाउनु हुँदैन । यसले दुबैतिरबाट कि’टाणु छि’र्न सक्ने हुन्छ । त्यसैले आफूलाई उपयुक्त हुने मास्कको प्रयोगा गर्नुपर्छ । बिरामी भेट्न जानुपर्ने भयो भने भेट्न जाने व्यक्तिले मास्क लगाउनै पर्दछ । फेरि अर्काे बिरामी भेट्न जानुपर्दा मास्क फेर्नु पर्दछ । मेडिकल मास्क बिरामीले लगायो भने रोग अरुलाई सर्ने सम्भावना कम हुन्छ ।
मास्कले गर्ने काम
मेडिकल मास्कमा तीन वटा तह हुन्छ । सबै तहले गर्ने काम फरक फरक हुन्छ ।
– सबैभन्दा बाहिरको तहमा पानी र थुक टाँसिदैन त्यसलाई रिपेल गर्छ ।
– बीचमा रहने तहलाई फिल्टर भनिन्छ, यसमा सानासाना जीवाणु र भाइरसलाई फिल्टर गर्ने क्षमता हुन्छ ।
– भित्रको तहलाई हाइडोफिलिक तह भनिन्छ, यसले लगाएको व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा निस्किने थोपा वा कणहरुलाई रोक्ने गर्छ ।
– यसले प्रदुषणलाई भने रोक्न सक्दैन ।
– सकेसम्म एन नाइन्टिफाइभ मास्क लगाउनुपर्छ । तर सामान्य अवस्थामा सर्वसाधारणले मेडिकल मास्क लगाउँदा पनि हुन्छ ।
तर सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा बस्ने व्यक्ति छ भने उसले एन नाइन्टिफाइभ मास्क पूरै उपयुक्त तरिकाले लगाउनुपर्छ ।
मास्क लगाउने तरिका र ध्यान दिनुपर्ने कुरा
बजारमा जति नै हल्ला फैलिए पनि मास्कको रङ्गीन भागलाई बाहिर पारेर लगाउनुपर्छ ।
यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छ ।
मास्कको एउटा भागमा अलि कडा डण्डीजस्तो हुन्छ त्यसलाई नाकमा मिलाएर कसिलो गरी लगाउनुपर्छ ।
मास्क खुकुलो छ र छेउबाट हावा छिरेको छ भने त्यसले काम गर्दैैन ।
मास्कको सादा भागलाई जहिले पनि भित्र पार्नुपर्छ ।
अर्काे महत्वपूर्ण कुरा भनेको मास्क लगाए पनि ‘ह्याण्ड हाइजिन’ भनिन्छ, यसको व्यवस्थापन गर्न जान्नुपर्छ ।
कुनै बिरामीलाई छोएपछि, कसैसँग हात मिलाएपछि वा घरबाहिर निस्केर फर्किएपछि साबुन पानीले हात धुनुपर्छ ।
लगाउने समय
‘युज एण्ड थ्रोे नाम दिएको डिस्पोजेबल मास्क भएकोले यसलाई एक पटक प्रयोग गरेपछि फाल्नुपर्छ ।
यसलाई धोएर, सुकाएर र उल्टो फेरेर लगाउनु हुँदैन ।
एन नाइन्टिफाइभ मास्कमध्ये कुनै कुनै धुन मिल्ने खालको हुन्छ ।
साधारणतया मेडिकल मास्क चारदेखि ६ घण्टासम्म लगाउन सकिन्छ । तर बिरामी भेटेर निस्किएपछि फाल्नुपर्छ ।
तर एन नाइन्टिफाइभ मास्क लामो समयसम्म लगाउन मिल्छ । तर एकदमै कसिलो बनाएर लगाउनपर्ने भएकोले लामो समय लगाएर बस्न सकिन्न ।
यो मास्क दम र श्वासप्रश्वासको बिरामीले भने लगाएर बस्नै सक्दैन ।
मेडिकल मास्क र एन नाइन्टिफाइभ मास्कबीचका भिन्नता
१. गुणस्तरमा नै फरक हुन्छ ।
२. एन नाइन्टि फाइभ मास्कले नाम अनुसार नै काम गर्छ । ९५ प्रतिशत किटाणु रोक्ने भएकोले एन नाइन्टिफाइभ भनिएको हो । सय प्रतिशत काम गर्ने मास्क उत्पादन भएको छैन ।
३. यदि सही तरिकाले प्रयोग ग¥यो भने साधारण मास्कले ७० प्रतिशतसम्म सङ्क्रमण रोक्न सक्छ ।
४ बजार मूल्य पनि फरक छ । साधारण मेडिकल मास्क ५ रुपैयाँमा किन्न सकिन्छ भने एन नाइन्टिफाइभ मास्कको ८० देखि एक हजार रुपैयाँसम्म पर्छ । यसको मूल्य पनि गुणस्तरअनुसार हुन्छ ।
बजारमा पाइने अधिकांश मास्कले धुलो र धूवाँका हानिकारक कण नछेक्ने उनीहरूको दाबी छ । वीर अस्पतालका नाक, कान, घाँटी विभाग प्रमुख प्राध्यापक डा. ढुण्डीराज पौडेल बजारमा दुई किसिमका मास्क पाइनेमा मेडिकेटेड मास्कले मात्र आंशिक रूपमा फाइदा गर्ने बताउँछन् । ‘औषधियुक्त मेडिकेटेड मास्कले आंशिक रूपमा सुरक्षा दिन्छ,’ उनले भने, ‘मास्कले धुलो धूवाँका ठूला कणबाट जोगाए पनि साना कण सिधै फोक्सोमा पुग्छन् ।’ साना कणले नै बढी हानि गर्ने जानकारी दिँदै उनले भने, ‘मास्क लगाएको छु, किटाणुबाट जोगिएको छु भनेर ढुक्क हुन सकिन्न ।’
डा. पौडेलका अनुसार धुलोधूवाँले बाल, वृद्ध, गर्भवती, पुरानो दम र टीबीका रोगी, रोगविरुद्ध लड्ने क्षमता कमजोर रहेका दीर्घरोगी र चुरोट बढी पिउनेलाई बढी सताउँछ । यस्ता व्यक्तिलाई पटक–पटक रुघाखोकी लागिरहने, पिनास हुने, घाँटी र कानको संक्रमण हुने, दम, निमोनियाँ हुने सम्भावना बढाइदिन्छ धुलोधूवाँले । उनका अनुसार वीर अस्पतालमा धुलोकै कारण नाक, कान, घाँटीका बिरामी २० प्रतिशतले बढेका छन् ।