उपेन्द्र यादबले सम्हाले कानुन मन्त्रालय

मूलखबर संवाददाता
काठमाडौं

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । रोल…
सोमबार सिंहदबारमा पुगेर उहाँले सो मन्त्रालयको पदभार ग्रहण गर्नु भएको हो । त्यस अवसरमा उहाँले आफूलाई प्रधानमन्त्रीले अघि बढि नै माया गरेर सो मन्त्रालयमा पठाएको प्रतिक्रिया दिनु भयो ।
प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा उहाँलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिनु भएको थियो ।
सोही जिम्मेवारी ग्रहण गर्दै उहाँले त्यसलाई आफूले सामान्य रुपमा लिएको बताउनु भयो । प्रधानमन्त्रीले तपाईसँग परामर्श समेत नगरी मन्त्रालयको जिम्मेवारी परिवर्तन गर्नु भो नि ? भन्ने संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उपप्रधानमन्त्री समेत रहनु भएका यादवले प्रधानमन्त्रीले सो विषयमा परामर्श गरिराख्नु नपर्ने पनि स्मरण गराउनु भयो । ‘परामर्श गरिराख्नु पर्दैन, कानुनमन्त्री यादवको भनाई थियो, ‘यो सामान्य कुरा हो, प्रधानमन्त्रीको विशेषाधिकारको कुरा हो ।’ प्रधानमन्त्रीले आफूलाई अझ बढि अनुभवी होस्, धेरै मन्त्रालको अनुवभव होस् भनेर अलि बढि नै माया गरेर सो मन्त्रालयको जिम्मेवारी दिएको हुन सक्ने पनि मन्त्री यादवको भनाई छ ।