नेपाल पत्रकार महासंघकाे विराेध र माग
नेपाल पत्रकार महासंघले समाचार लेखेको आधारमा पत्रकारहरु गिरफ्तारीमा पर्ने क्रम बढेको भन्दै चिन्ता ब्यक्त गरेको छ ।
आइतबार काठमाडौँमा पत्रकार बिरुद्धहुने अपराधको दण्डहिनता अन्त्य सम्बन्धि अन्तराष्ट्रिय दिवशको अवसरमा आयोजित कोण सभामा महासंघका महासचिव रमेश बिष्टले चिन्ता ब्यक्त गर्नु भयो । ०५२ साल यता हत्या भएका तथा बेपत्ता पारिएका पत्रकारहरुले न्याय पनि नपाएको बताउनु भयो।
पछिल्लो समय पत्रकारहरुलाई गिरफ्तारी गर्ने, कुटपिट गर्ने, समाचार लेखेको आधारमा सांघातिक आक्रमण गर्ने, सुरक्षा निकाय समेत मुक दर्शक बन्ने कारणले दण्डहिनता बढेको महासचीव बिष्टले बताउनु भयो ।
अहिले पत्रकारहरु सामाजिक रुपमा असुरक्षित बन्ने तथा सरकार समेत विभिन्न बिधेयक मार्फत समग्र पत्रकारितालाई अंकुश लगाउने, नियन्त्रण गर्ने योजनामा रहेको महासचिव बिष्टले बताउनु भयो ।