यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
एनअारएन अधिवेशनः २३२४ मत खस्याे, अध्यक्षका प्रत्याशीले दिए धन्यवाद. गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनको लागि जारी मतदान प्रक्रिया सम्पन्न भएको छ । मतदानमा कूल २३४४ मत खसेको छ । २६ सय बढि सहभागी रहेका भएपनि मत ९२ प्रतिशत मात्रै खसेको जनाईएकाे छ ।. मतदान प्रक्रिया सम्पन्न भएपछि अध्यक्षका प्रत्याशी पन्त र अाचार्यले धन्यवाद दिएका छन् ।. मतदान प्रक्रिया सकिएलगत्तै अहिले मुचुल्का उठाउने काम भइरहेको छ । करिब १ घण्टापछि मतगणना सुरु हुनेछ ।. बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान प्रक्रिया सुरु भएको थियो ।. बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका काम सकिएको भएपनि साँझबाट शुरु हुने भनिएको मतदान रोकिएको थियो ।. संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य दुई प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।. निर्वाचनमा करीब २ हजार ४ सय मतदाता सहभागी थिए । तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका प्रतिनिधि सहभागी छन् । एनअारएनकाे सम्मेलनमा पनि ताेडफाेड र अव्यवस्थित भएको भन्दै अालाेचना भएको छ ।.
एनअारएन अधिवेशनः २३२४ मत खस्याे, अध्यक्षका प्रत्याशीले दिए धन्यवाद
मूलखबर संवाददाता
काठमाडौं, ३० असाेज
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनको लागि जारी मतदान प्रक्रिया सम्पन्न भएको छ । मतदानमा कूल २३४४ मत खसेको छ । २६ सय बढि सहभागी रहेका भएपनि मत ९२ प्रतिशत मात्रै खसेको जनाईएकाे छ ।
मतदान प्रक्रिया सम्पन्न भएपछि अध्यक्षका प्रत्याशी पन्त र अाचार्यले धन्यवाद दिएका छन् ।
मतदान प्रक्रिया सकिएलगत्तै अहिले मुचुल्का उठाउने काम भइरहेको छ । करिब १ घण्टापछि मतगणना सुरु हुनेछ ।
बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान प्रक्रिया सुरु भएको थियो ।
बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका काम सकिएको भएपनि साँझबाट शुरु हुने भनिएको मतदान रोकिएको थियो ।
संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य दुई प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।
निर्वाचनमा करीब २ हजार ४ सय मतदाता सहभागी थिए । तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका प्रतिनिधि सहभागी छन् । एनअारएनकाे सम्मेलनमा पनि ताेडफाेड र अव्यवस्थित भएको भन्दै अालाेचना भएको छ ।