जनतालाइ सेवा प्रवाह प्रभावकारी हुनु आवश्यक छ : महिला मन्त्री थापा
काठमाडौं १६ असोज
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले व्युरोक्रेसी स्थायी सरकार भएकोले उससको सेवा प्रभावकारी हुनुपर्ने बताउनुभएको छ ।
समाज कल्याण परिषदले आयोजना गरेको बडा दशैको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले कर्मचारी भनेका जनताका स्थायी सरकार भएकाले प्रभाबकारी रुपमा सेवाप्रवाह गर्नुपर्ने बताउनुभयो ।
देशको जुनसुकै सामाजिक परिवर्तनका लागि कर्मचारीहरुको योगदान अतुलनिय रेहेको समेत उहाँले धारणा व्यक्त गर्नुभयो । उहाँले संघिय लोकतान्त्रिक गणतन्त्र सहितको शासनसत्ता जोगाउनका लागि सबै मिलेर अगाडी बढ्न आग्रह गर्नुभयो ।
मन्त्री थापाले वडादशै सत्यको बिजयको रुपमा मनाइने पर्व भएपनि हाम्रो समाजमा पुर्ण रुपमा सत्यको विजय भइनसकेको बताउनुभयो । उहाँले समाजमा अझैपनि विभेद, शोषण, दमन, अन्याय र अत्याचार रहेका कारण त्यसलाई परास्त गर्न अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री थापाले विगतमा जनता भन्दा माथि कोही एकजना व्यक्तीले शासन गर्ने व्यवस्थाको अन्त्य भएर जनताद्धारा निर्वाचित जनताकै छोराछोरीले शासनसत्ता सञ्चालन गर्ने व्यवस्था शुरु भएको बताउनुभयो ।