बन्ने भयो डडेल्धुरामा स्मार्ट सिटी

87 Hits

डडेल्धुरा, २८ मङ्सिर-
सुदूरपश्चिम प्रदेशको मध्यबिन्दु डडेल्धुुरामा रहेको अमरगढी नगरपालिका स्मार्ट सिटी बन्ने भएको छ ।

नेपाल सरकारको १० वटा शहरलाई स्मार्ट सिटी निर्माण गर्ने योजनाअनुसार डडेल्धुराको अमरगढी नगरपालिकालाई स्मार्ट सिटि बनाइने भएको हो । शहरी विकास मन्त्रालयले १० वटा शहरलाई स्मार्ट सिटी निर्माण गर्न ‘ग्रिड कन्सल्टेण्ट’सँग सम्झौता गरिसकेको अमरगढी नगरपलिकाले जनाएको छ ।

स्मार्ट सिटी निर्माण गर्ने योजना १० शहरमध्ये अहिले स्याङ्जाको वालिङ, दैलेखको दुल्लु र डडेल्धुराको अमरगढीको अध्ययनमा सेटेलाइट वेशका काम अन्तिम चरणमा पुगेको हो ।

यस्तै भूउपयोग नक्सा, वार्डगत भेटघाट सम्पन्न भएका छन् । स्मार्ट सिटीभित्र स्मार्ट जनता, स्मार्ट भौतिक पूर्वाधार, स्मार्ट शासन व्यवस्था र स्मार्ट अर्थ व्यवस्था रहने भएकाले सो स्तरमा अमरगढीलाई पु¥याउन योजना निर्माण गरिरहेको वातावरणविद् तथा अमरगढी स्मार्ट सिटीका संयोजक कुमोद लेखकले जानकारी दिए ।

डडेल्धुराका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमध्येका उग्रतारा मन्दिर, घटाल थान, अमरगढी किल्ला, रावलतोली गुफा अमरगढी नगरपालिका भित्र नै पर्दछन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी