नेकपाले बोलायो स्थायी समिति बैठक, चार नेता गए कता ?

110 Hits

काठमाडौं, २२ मंसिर ।
सत्तारुढ नेकपाले स्थायी पार्टीको दोश्रो तहको वलियो संरचना समितिको बैठक डाकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार भएको सचिवालयको बैठकले आगामी २९ मंसिरमा स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको हो ।


नेकपाले स्थायी समितिको बैठक केन्द्रीय कार्यलय धुम्बाराहीमा आयोजना गर्ने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
आजको बैठकमा जिल्ला र जनवर्गिय संगठनको एकताको बारे टुंगो लगाउने कार्यसूची राखीएको थियो । तर सचिवालयका चार जना सदस्यहरुले बैठक छाडेर हिँडेपछि उक्त एजेण्डामा छलफल नै हुन सकेन ।

नेताहरु माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ प्रकाश र बामदेब गौतमले बैठक छाडेर हिँडेपछि पुर्ववत एजेण्डामा छलफल नगरी स्थायी समितिको बैठक बोलाउने निर्णय गरिएको महासचिव पौडेलले बताए ।
पार्टी प्रबक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठले आफू निर्धारित सायमै बैठक स्थल पुगेको र २० मिनेट पर्खँदा समेत दुई अध्यक्षहरु नआएकोले आफूहरुले बैठक छाडेर हिँडेको बताएका छन् । महासचिव पौडेलले भने क्यान्सर पीडित नेकपा नेता मणी खुम्बुलाई भेट्ने क्रममा दुई अध्यक्ष आउन ढिला भएकोले गर्दा बैठक निर्धारित समयमा शुरु नभएको बताउँदै बैठक छाडेर जाने नेताहरुलार्य पर्खन आग्रह गर्दा समेत हिँडनुभएको स्पष्टिकरण दिएका छन् ।
राजनीतिक रुपमा दुई अध्यक्षले एकलौटी गरेको आरोप लगाउँदै आइरहेका तीन नेताले एकै पटक बैठक बहिस्कार गर्नुलाई नेकपाको नेतृत्व तहमा रहेको विबदको रुपमा पनि चर्चा भएको छ ।

Loading...

Related News

सिके राउतकाे पछिल्लो गतिविधिपछि नेकपा प्रवक्ता श्रेष्ठले भने- याे त असह्य भयाे

काठमाडौं, २७ फागुन – सिके राउतले सरकारसंग गरेको ११ बुंदे सम्झौताको उल्लङ्घन गरेकोप्रति नेकपाका प्रवक्ता तथा पुर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ…

भागबन्डा गरेर के काे गुणस्तरीय शिक्षाको सपना देख्ने ?: नारायणकाजी श्रेष्ठ

काठमाडौं, २५ मंसिर – कृषि तथा वन विज्ञान शिक्षामा निजीकरणमा अहिले जुन बहस सुरु भएको छ । यो कुरा समग्र…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी