दोर्दी गा.पा.द्धारा अगुवा किसानलाई ७५ प्रतिशत अनुदानमा टनेल वितरण

43 Hits

रविन्द्र लामिछाने, २१ मंसिर
लमजुङको दोर्दी गाउँपालिकाले गाउँपालिका भित्रका अगुवा किसानलाई ७५ प्रतिशत अनुदानमा टनेल प्लाष्टिक वितरण गरेको छ । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत किसानलाई ७५ प्रतिशत अनुदानमा १ सय ५० थान टनेल प्लाष्टिक ल्याइएको र हालसम्म १ सय ३५ थान वितरण गरिएको प्रमुख प्रसासकिय अधिकृत विजयराज पौडेलले बताउनुभयो ।

उहाँका अनुसार व्यवसायिक टमाटर खेती गर्ने अगुवा कृषकहरुलाई टनेल प्लाष्टिक वितरण गरिएको हो । कृषि पेशातर्फ कृषकलाई आकर्षित गरी उनीहरुको आय आर्जनमा बृद्धि गराउन तथा आत्मनिर्भर बनाउन टनेल प्लाष्टिक वितरण गरिएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार एउटाको ६ हजार ८ सय पर्ने टनेल प्लाष्टिक किसानलाई १ हजार ७ सय रुपैयामा उपलव्ध गराइएको हो । यसअघि गाउँपालिकाले किसानलाई अनुदानमा आलुको विउ समेत वितरण गरेको थियो । उर्वर खेतबारी बाँझै राख्ने, आयतित आलु किनेर खाने प्रवृत्ति बढ्दै गएकाले किसानलाई आत्मनिर्भर बनाउन अनुदानमा आलुको बीउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँका अनुसार आलुको बीउमा ५० प्रतिशत अनुदान दिईएको छ । गाउँपालिका भित्रका करिब लगभग १ हजार किसानलाई २ सय ५ क्वीटल त्रिवेशिक तदक दोस्रो पुस्ता, कार्डिनल खुमल उपहार र एम् एस् द्धद्द।द्द जातका आलुको विउ वितरण गरिएको दोर्दी गाउँपालिकाका कृषि शाखाका संयोजक नानीराम सिलुवालले बताउनुभयो ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी