कांग्रेसमा पार्टी सदस्यका लागि खुला आवेदन माग्ने बहस, के होला ?

47 Hits

काठमाडौं, २१ मंसिर–
कांग्रेसमा खुला सदस्यता दिएर पार्टीप्रति आकर्षण बढाउनुपर्ने बहस सुरु भएको छ । विधान मस्यौदामाथिको छलफलमा भाग लिँदै अधिकांश नेताहरूले खुला सदस्यताले पार्टीलाई नागरिकको पार्टी बनाउन सहयोग गर्ने विचार राखेका हुन् । दुई ठूला कम्युनिस्ट पार्टी मिलेर नेकपा बनेपछि अर्को निर्वाचनसम्म उनीहरूसँग प्रतिस्पर्धी पार्टी बन्न सदस्यतालाई लचिलो बनाउनुपर्ने तर्क युवा नेताहरूकोआजको नयाँ पत्रिकामा समाचार छ ।
विधान मस्यौदा समितिमा रहेका नेता प्रदीप पौडेलले सुरुमा कांग्रेसले सदस्यतालाई खुला गर्नुपर्ने र एकथरी मात्रै सदस्यता दिनुपर्ने प्रस्ताव अघि सारेका थिए । यसअघि केन्द्रीय सदस्यहरू श्याम घिमिरे, गगन थापासहितका युवाहरूले कांग्रेसमा युवाहरूको आकर्षण बढाउन दुईथरी सदस्यताभन्दा खुला रूपमा एकथरी मात्रै सदस्यता दिनुपर्ने माग गरेका थिए ।

बिहीबारको बैठकमा प्रवक्ता विश्वप्रकाश शर्माले सदस्यता खुला रूपमा दिएर २० लाख पार्टी सदस्य पुयाउनुपर्ने माग गरे । रमेश लेखक, उमाकान्त चौधरी, धनराज गुरुङ, गुरु घिमिरे ९क्रियाशील हटाउनु हुँदैन, तर सदस्यता खुला हुनुपर्छ भन्नेमा सहितका नेता पनि खुला सदस्यकै पक्षमा छन् ।

‘कांग्रेसमा अहिले चार लाख ७० हजार ६ सय ४४ सदस्य छन्,’ प्रवक्ता शर्माले भने, ‘अब खुला रूपमा सदस्यता दिएर कांग्रेसमा २० लाख सदस्य पुयाउनुपर्छ ।’ बैठकमा डा. मीनेन्द्र रिजालले कांग्रेसलाई आमनागरिकको पार्टी बनाउन सदस्यता खुला राख्नुपर्ने तर्क गरे । अर्का नेता अर्जुननरसिंह केसीले क्रियाशील सदस्यता राखे पनि कार्यकर्ता र जनसमुदायमा आधारित पार्टी बनाउने गरी सुझाब दिए ।

कांग्रेसमा यसअघि साधारण र क्रियाशील गरी दुईथरी पार्टी सदस्य रहने प्रावधान थियो । साधारण सदस्यता लिएको दुई वर्षमा सक्रिय सदस्यता लिन पाइन्थ्यो । तर, संशोधित प्रस्तावमा ‘नेपाली कांग्रेसको सदस्य’ हुने र सदस्यता लिएको एक वर्षमा नवीकरण गर्दा क्रियाशील पाइने उल्लेख छ ।

युवासहितका नेताहरू खुला र एकथरी मात्रै सदस्यता दिनुपर्ने पक्षमा भए पनि पुराना नेताहरू पहिलेजस्तै दुई थरी नै सदस्यताको प्रावधान राख्नुपर्ने पक्षमा छन् । बैठकमा दिलबहादुर घर्ती, जीवन परियार, सुजाता परियार र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले समावेशी प्रतिनिधित्वको आधारमा पार्टीमा पदहरूको व्यवस्था गर्नुपर्ने बताएका थिए ।

Loading...

Related News

कांग्रेसमा धर्म-युद्ध

-श्रीकृष्ण अनिरुद्र गौतम- अचेल नेपाली कांग्रेसमा राष्ट्रियता, लोकतन्त्र, समाजवादभन्दा महत्त्वपूर्ण र चर्चित मुद्दा हो– धर्म । यसको ठूलो पंक्ति ‘पार्टीले धर्म…

काँग्रेस मात्रै समाजवादी पार्टी हाे – देउवा

काठमाडौँ, १४ मङ्सिर  । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति  एवम् पुर्व प्रधानमन्त्री  शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी