ओखलढुंगाको पर्यटन बिकासमा टेवा पुर्याउन ओखलढुंगा पर्यटन बिकास समितिको गठन

102 Hits

लिला श्रेष्ठ।
ओखलढुंगा जिल्लाको समग्र पर्यटन बिकासका लागि “ओखलढुंगा पर्यटन बिकास समिति” नामक सामाजिक सस्थाको स्थापना गरिएको छ।


सगरमाथाको प्रवेशद्वारको रुपमा रहेको ओखलढुंगा जिल्ला विभिन्न किसिमका पर्यटनको सम्भावना बोके पनि प्रचार-प्रसारको अभाबमा पछि परेको भन्दै जिल्लाबासी पर्यटन ब्यबसायी सहितको टिमले पर्यटन सामाजिक सस्थाको परिकल्पना गरि बृहत सस्था निर्माण गरेका हुन्। ऒखलढुंगा जिल्लामा रहेका प्राकृतिक पर्यटकिय स्थललाई मात्र प्रचार गर्न सके पनि समग्र जिल्लाको आर्थिक बिकास हुने ओखलढुंगाका पर्यटन ब्यबसायीहरुले बताएका छन् । यसै बिषयलाई मध्यनजर गर्दै सस्थाको निर्माण गर्नु परेको सस्थाका सदस्यहरुको भनाई रहेको छ।

ओखलढुंगा पर्यटन बिकास समितिले आफ्नो पहिलो साधारण सभा पनि सम्पन्न गरेको छ। साधारण सभाबाट पर्यटन ब्यबसायी,समाजसेवी, ङावा ङीमा शेर्पाको नेतृत्वमा १४ सदस्यीय समिति निर्माण गरि काम अगाडि बढाएको छ। पर्यटन बिकास समितिको प्रथम उपाधक्ष्यमा -ऒङ्ग्डा शेर्पा,अर्को उपाधक्ष्यमा -तेण्डि शेर्पा,महासचिब- लिला श्रेष्ठ,सचिब- पासाङ्ग शेर्पा,कोषाधक्ष्य- कुङ्गा शेर्पा,सह- कोषाधक्ष्य- फुर्वा शेर्पा,सदस्यहरुमा-ओम सुबेदी,कमलकृष्ण तामाङ्ग,गोपाल सेन्चुरी,भिमराज सुनुवार,सुजन राई ‘रोकेमी’,छेपाल शेर्पा,आङ्कामि शेर्पा रहेका छन् ।


सस्थाले आगामी चैत्रमा सोलुखुम्बुको पिके बाट ओखलढुंगाको देम्बा हिल हुँदै खिजीफलाटे सम्म २४ किलोमिटर लामो म्याराथुन दौडको आयोजना गर्ने भएको छ । त्यसैगरी ओखलढुंगाको समग्र पर्यटन बिकासका लागि आगामी पौषमा जिल्ला स्तरिय बृहत बिचार गोष्ठीको आयोजना गर्ने पनि सस्थाले जनाएको छ। यता ओखलढुंगाका सबै गाउँपालिका,नगरपालिकामा शाखा कमिटि बिस्तार गर्ने पनि सस्थाका अधक्ष्य ङावा ङीमा शेर्पाले ले बताउनु भएको छ।


यता ओखलढुंगाको समग्र पर्यटन बिकासका लागि जिल्लाका विभिन्न ठाउँमा पर्यटकिय चेतनामुलक कार्यक्रम गर्ने पनि सस्थाले जनाएको छ। सरकारले जिल्लाका पोकली झरना र देम्बा डाडालाई देशका सय पर्यटकिय गन्तब्य मध्यको २ गन्तब्यमा छानेको अवसरमा विभिन्न सम्भाव्यता खोजि गर्ने पनि बताएको छ। सस्थाले आर्थिक मेरुदण्डको रुपमा रहेको समग्र पर्यटन बिकासका लागि सबैलाई आ-आफ्नो स्तरबाट लागि पर्न आग्रह समेत गरेको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी