कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद मंसिर १९ सम्म थपीयो

39 Hits

काठमाडौँ, १५ मंसिर
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरेको छ । बोर्डले एक सूचना जारी गदै रजिष्ट्रेशन आवेदन फाराम भर्ने म्याद थपेको हो ।

निर्धारित समयमा धेरै विद्यार्थीको फाराम भर्न छुटेको भन्ने गुनासो आएपछि भर्ने म्याद पुनःथप गरिएको बोर्डले जनाएको छ । शैक्षिक सत्र २०७५ । ०७६ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि बोर्डले शैक्षिक कार्यतालिका अनुरुप गत असोज २१ गतेसम्म विलम्ब शुल्करहित प्रति विद्यार्थी रु ८०० का दरले हुने रकम बोर्डको बैंक खातामा जम्मा गरी उक्त बैंक भौचरसहित रजिष्ट्रेशन बोर्डका सम्बन्धित शाखा कार्यालयमा रसिद काटी बुझाउन सूचना गरिएको थियो ।

उक्त समयमा फाराम बुझाउन भर्न छुट भएका विद्यालय र विद्यार्थीका लागि बोर्डको यही मङ्सिर १२ गतेको निर्णयानुसार बिलम्व शुल्क प्रतिविद्यार्थी रु ८०० सहित हुने रकम बोर्डका नाममा जम्मा गरेको भौचर र रजिष्ट्रेशन आवेदन फाराम यही मङ्सिर १९ गतेभित्र बोर्डका सम्बन्धित शाखा कार्यालयमा बुझाउनु पर्नेछ । -रासस

Loading...

Related News

के यहि तरिकाले हुन्छ बालबालिकाकाे विकास ?

काठमाडौं, २४ मंसिर — शिक्षामा निजिकरणकाे असर बालबालिकाकाे मनाेविज्ञानमा गम्भीर असर परेकाे छ । शिक्षाकाे नाममा खाेलिएका निजी स्कुलमा विद्यार्थीले…

सम्बन्धनविरूद्द नेविसँघले लगायाे त्रिविमा ताला, के भन्छन् अखिल ?

काठमाडौँ, १९ मङ्सिर- प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी