पत्नीको उपचारका लागि प्रचण्ड बेनीमा, प्रचण्डसँगै बादल पनि डुबे  तातोपानीमा

111 Hits

म्याग्दी २६ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नशा सम्बन्धि रोगबाट थलिएकी श्रीमती सिताको उपचारका लागि सोमबार म्याग्दीको बेनी नगरपालिका ४ स्थित प्राकृतिक तातोपानी कुण्डमा आउनुभएको छ ।

गृहमन्त्री रामबहादुर थापा (बादल)को परिवार सहित आएका प्रचण्डले म्याग्दी नदीको किनारमा मुहानबाटै निस्कने ५० डिग्री सेल्सीयस तातो पानी संकलन गरिएको पोखरीमा दुई दिनसम्म स्नान गर्ने कार्यक्रम छ ।

नेपाली सेनाको हेलीकप्टर मार्फत बिहान ११ बजेट अर्थुङ्गे स्थित श्रीबक्स गुल्ममा अवतरण गरेका दाहाल र थापा परिवार सहित दिउँसो २ बजे गाडी मार्फत तातोपानी पुग्नुभएको थियो ।
विश्राम, पारिवारिक भ्रमण र स्नान गरेर उपचारका लागि प्रचण्ड म्याग्दी आउनुभएको उहाँका स्वकीय सचिव जोखबहादुर महराले बताउनुभयो । दाहालको केही समय अघि थाइल्याडको अस्पतालमा उपचार गरिएको थियो । गाडीबाट झरेपछि उनलाई छोरी र सहयोगीले समाएर कुण्डसम्म पुर्याएका थिए  ।

‘विश्राम र सिता म्याडमको उपचारका लागि अध्यक्ष यहाँ आउनुभएको हो’ महराले भन्नुभयो , ‘यो उहाँको नितान्त व्यक्तिगत र पारिवारिक भ्रमण हो ।’ दिउँसो २ देखि ४ बजेसम्म तातोपानी कुण्डमा स्नान गरेका थिए । कुण्डमा पस्ने वित्तिकै ‘आछ्यो निकै तातो पो रहेछ !’ भन्ने प्रतिक्रिया दिएका दाहालको अनुहारबाट करिब दश मिनेट डुबेपछि पसिना निस्किएको थियो ।
पारिवारीक र निजी मामिला भन्दै सचिवालय र सुरक्षाकर्मीहरुले सञ्चारकर्मीहरुलाई प्रतिक्रियाका लागि दाहाललाई भेट्न दिएका थिएनन् । टाढैबाट तस्विर खिच्न लगाएका थिए ।
बेनी आउने वित्तिकै दाहालले नेकपाका नेताद्धय गोविन्द पौडेल, हरिकृष्ण श्रेष्ठ लगायत जनप्रतिनिधि र नेता कार्यकर्ताहरुसँग अनौपचारीक कुराकानी गर्नुभएको थियो ।

गृहमन्त्री थापा भने प्रशासन कार्यालयमा आयोजित जिल्ला विपद् ब्यवस्थापन कार्यसञ्चालक केन्द्रको उद्घाटन कार्यक्रममा सहभागि हुनुभएको थियो । टोलीमा गृहमन्त्री बादलकी श्रीमती नैनकला थापा, छोरी र ज्वाँई, प्रचण्डकी छोरी, स्वकिय सचिव महरा लगायत २४ जना छन् ।

उनीहरुसँगै तातोपानी कुण्ड अवस्थित वडा सिंगामा जन्मिएका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ पनि आउनुभएको छ । श्रेष्ठ प्रचण्ड पछिल्लो पटक प्रधानमन्त्री हुँदा योजना आयोगका उपाध्यक्ष थिए ।

बेनी बसाइका लागि उनिहरुले याक होटल बुक गरेका छन् । बेनीबाट तातोपानी कुण्ड पुग्न सात किलोमिटर कच्चि बाटो हिड्नुपर्छ । उनिहरुको स्नानका लागि मंगलबार देखि छुट्टै समय तालिका बनाइने भएको छ । सुरक्षा सर्तकता अपनाएर आवश्यक ठाउँमा पर्याप्त मात्रामा सुरक्षाकर्मी खटाइएको प्रजिअ लीलाधर अधिकारीले बताउनुभयो ।
प्रचण्ड र बादलको टोलीलाई तातोपानी कुण्ड ब्यवस्थापन समितिका पदाधिकारीहरुले स्वागतका साथै कुण्डको इतिहाँस, गतिबिधि, समस्या र योजनाहरुको बारेमा जानकारी गराएका थिए ।
तातोपानी हुदै म्याग्दीको पश्चिमी क्षेत्रलाई जोड्ने बेनी–दरवाङ सडक कालोपत्रे योजनालाई पूर्णता दिन, कुण्ड र बजारलाई म्याग्दी नदीको कटानबाट जोगाउन संरक्षण योजनालाई प्राथमिकता दिन अनुरोध गरिएको ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो ।
‘उच्च राजनितिक तहका व्यक्तित्व र उहाँका परिवार स्नानका लागि आएकाले तातोपानी कुण्डको महत्व अझै बढ्ने र प्रचारप्रसार हुने विश्वास छ, अध्यक्ष शाक्यले भने ‘तातोपानी कुण्डलाई अन्तराष्ट्रियीय स्तरको प्राकृतिक उपचार र पर्यटकीय स्थलको रुपमा विकास गराउन प्रस्ताव गरेका छौ ।’
कुण्डमा यसअघि नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, नेकपा क्रान्तिकारीका नेता सिपी गजुरेल लगायत राजनितिक र प्रशासनीक क्षेत्रका उच्च तहका व्यक्तिहरुले स्नानका लागि आउनुभएको थियो ।

ब्यवस्थापन समितिका सहसचिव कुमार केसीका अनुसार गत वर्ष १६ हजार ९०० जनाले उपचारका लागि स्नान गरेका कुण्डमा थप पाँच हजार जना अवलोकन भ्रमणका लागि आएका थिए । बिरेनुनको गन्धमा निस्कने तातोपानी संकलन गरिएको कुण्डमा स्नान गरेमा ग्यास्ट्रिक, गानो गोला, चोट पटक लागेको, सर्के मर्केको, नशा, हाडजोर्नी सम्बन्धि समस्या निको हुने जनविश्वास छ ।

तीन सय जनाले स्नान गर्न सक्ने पोखरी बनाइएको छ । अस्पतालहरुमा उपचार गराउँदा समेत निको नभएको रोग तातोपानीमा स्नान गरेर स्वास्थ्य लाभ भएको उपचारका लागि आएकाहरु बताउँछन् । तातोपानीमा सल्फर भएकाले एक व्यक्तिको रोग अर्कामा नसर्ने व्यवस्थापन समितिका सचिव कृष्ण खड्काले बताउनुभयो ।

एक्लै स्नान गर्न चाहने र बिशिष्ट ब्यक्तिहरुका लागि प्राकृतिक तातोपानीले स्नान गर्न मिल्ने तीन वटा बाथटप (स्नानगृह) पनि सचालनको तयारी गरिएको छ । कुण्डमा दश दिनसम्म स्नानका लागि प्रतिव्यक्ति तीन सय रुपैया शूल्क तिर्नुपर्छ ।

कुण्डबाट भएको आम्दानी कर्मचारीको तलब, भौतिक पूर्वाधार निर्माण, नदी नियन्त्रणका साथै स्नानीय सरस्वती माविका निजी स्रोतका शिक्षकको तलबभत्तामा परिचालन गरिने व्यवस्थापन समितिका कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठले बताउनुभयो । कुण्डले गत वर्ष विद्यालयका शिक्षकको तलबका लागि २२ लाख रुपैया उपलब्ध गराएको रिखार दैनिकले जनाएकाे छ  ।

Loading...

Related News

नेकपा ३ नं प्रदेशले दियाे टाेर्नाडाे पीडितलाई १४ लाख ७० हजार र जिन्सी सहयाेग

काठमाडौं, २६ चैत – सत्तारूढ दल नेकपाकाे ३ नं. प्रदेश संगठन कमिटीले बारा पर्सा जिल्लामा अाएकाे ज्यानमारा अाँधी टाेर्नाडाेबाट पीडितलाई…

नेकपा ३ नं प्रदेशले बनायो ४ महिने कार्ययोजना (कार्ययोजनासहित)

काठमाडौं, चैत । पार्टीको तल्लो तहको एकीकरण टुंग्याउन नसकेको सत्तारुढ नेकपाले प्रदेश स्तरको कमिटिलाई पूर्णता दिएको छ । कमिटिलाई पूर्णता…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी