डाक्टर नै भ्रष्टाचारी ठहर : डा. भक्तमानलाई १ वर्ष कैद, १ करोड १८ लाख जरिवाना

47 Hits

काठमाडौं, १४ कात्तिक

चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा।भक्तमान श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले मंगलबार श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको हो । उनले अस्पतालमा बहाल रहँदा अनियमितता गरेको ठहर इजलासको छ ।

अदालतले श्रेष्ठलाई एक वर्ष कैद र एक करोड १८ लाख ६६ हजार ७७६ रुपैयाँ जरिवाना र सो बराबरको सम्पत्ति जफत गर्ने फैसला पनि गरेको छ । उनकी श्रीमती सिलु श्रेष्ठलाई भने यथेष्ट प्रमाण नपुगेको भन्दै सफाइ दिएको विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
अपहरणमा परि चर्चित बनेका वरिष्ठ चिकित्सक भक्तमान स्थापित र विज्ञ डाक्टरका रुपमा परिचित छन् । उनलार्य आफ्नै चालकसहितले अपरहण गरी महिनौ बन्दी बनाएर ३ करोड फिरौतीमा रिहा गरेका पुष्टि भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७२ फागुन २ मा मा डा श्रेष्ठ र उनकी श्रीमतीविरुद्ध विशेष अदालतमा पदीय जिम्मेवारी दुरुपयोग गरी गैरकानुनी रूपमा धन आर्जन गरेको भन्दै मुद्दा दर्ता गरेको थियो । क्यान्सर अस्पतालमै फुड एन्ड न्युट्रिसन अफिसरका रूपमा कार्यरत श्रेष्ठकी पत्नी सिलुलाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो ।

क्यान्सर अस्पतालको अध्यक्ष रहँदा श्रेष्ठले पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो ।
डा. श्रेष्ठको चितवनकै अन्य निजी स्वास्थ्य संस्थाहरू एनपिआई सामुदायिक अस्पताल, चितवन अस्पताल र नेपाल पोलिटेक्निकल इन्स्टिच्युटमा सेयर रहेको आरोप अख्तियारको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा आयोगको ऐन, २०४८ को दफा २९ बमोजिम जफत गरी राज्यकोषमा दाखिला गर्न आरोप पत्रमा माग गरिएको थियो ।

भरतपुर क्यान्सर अस्पतालमा विशेषज्ञ चिकित्सकका रूपमा ०५४ सालमा सेवा प्रवेश गरेर व्यवस्थापन समितिको अध्यक्षसमेत बनेका डा। श्रेष्ठले महत्वपूर्ण पदमा रहँदा अस्वाभाविक सम्पत्ति आर्जन गरेको भेटिएको थियो । झन्डै १८ वर्ष अस्पतालमा कार्यरत रहेका उनले कार्यकारी निर्देशक र अध्यक्ष भएको अवधिमा सबैभन्दा बढी सम्पत्ति आर्जन गरेको भेटिएको अख्तियारको दाबी छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी