किन गरे सरकारी कर्मचारीले सिंहदरबारभित्रै अान्दाेलन ?

62 Hits

‘अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ’की महासचिव विमला आचार्यले बुधबार पनि प्रदर्शन गर्ने र माग सुनुवाई नभए थप आन्दोलन घोषणा गर्ने बताइन् ।

करार कर्मचारी व्यवस्थापन कार्यदलले दिएको सुझावअनुसार सरकारले २ भदौमा समायोजनमा नपरेका अस्थायी वा करार कर्मचारीलाई तीन महिना बराबरको पारिश्रमिक दिएर बिदाई गर्ने निर्णय गरेको थियो । तर, कर्मचारीहरु त्यसको विरोधमा छन् ।

यस्ता छन् प्रदर्शनकारी कर्मचारीका मागहरू :

आन्दोलनरत कर्मचारीले ६ बुँदे माग अघि सारेका छन् ।

पहिलो बुँदामा सरकारी कार्यालय, संघ-संस्था र अर्धसरकारी निकायहरूमा २४० दिन काम गरिसकेका अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई एकपटकका लागि स्वतः स्थायी गर्नुपर्ने उल्लेख छ ।

ती कर्मचारीहरूलाई रोजीरोटीको ग्यारेन्टी गर्दै उचित स्थानमा व्यवस्थापन गर्नुपर्ने, संघीय निजामती सेवाको गठनमा अस्थायी/करार सेवा राख्नुपर्ने, अस्थायी कर्मचारी सम्बन्धी सरकारले गत भदौमा गरेको निर्णय खारेज गर्नुपर्ने संघको माग छ ।

यस्तै, सर्वोच्च अदालतको आदेश र २०७४ बैशाख २१ गतेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार महंगी भत्ता, उपदान, घर विदा, विरामी विदा, औषधी उपचार खर्च, बीमा र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग  रहेकाे छ ।

आर्थिक वर्ष २०७४/०७५ सम्मका अस्थायी कर्मचारीको व्यवस्थापन गरेर मात्रै थप कर्मचारी भर्ना गर्नुपर्ने माग पनि छ ।

 

Loading...

Related News

मन्त्रिपरिषदद्धारा सामाजिक सुरक्षा नियमावली २०७५ पारित

काठमाडौं, २८ कात्तिक । मन्त्रिपरिषदले सामाजिक सुरक्षा नियमावली २०७५ पारित गरेको छ | श्रम मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा नियमावली पारीत…

विश्व बैंकसँग अठार अर्बको सम्झौता, ४ सय ७७ भन्दा बढी पुल निर्माण हुने

काठमाडौँ, २८ कात्तिक सरकारले विश्व बैंकसँग रु १८ अर्बको सम्झौता गरेको छ । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी