नेकपाको चियापान : घुलमील गर्दै नेता कार्यकर्ता, प्रधानमन्त्री ओली आउन सकेनन्

84 Hits

काठमाडौं, १० कात्तिक ।
सत्तारुढ नपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समितिको आयोजनामा शनिबार राजधानीको भृकुटिमण्डपमा आयोजना गरिएको चियापानमा करीब ४० हजारको सहभागिता रहेको नेकपाले बताएको छ ।

दशैं, तिहार, छठ, ल्होसार लगायतका प्रमूख चाडपर्वहरुको अवसरमा आयोजना गरिएको कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री के पी शर्मा ओली भने अनुपस्थित रहे । प्रधानमन्त्री ओली अस्वस्थताको कारण उपस्थित हुन नसकेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष ओली आउन नसकेपछि अर्का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रममा स्वागत साथ उद्घाटन गरेका थिए । मध्यान्ह १२ बजे शुरु गरिएको शुभकामना र चियापानको साँझ ५ बजेसम्मको सम्पूर्ण कार्यक्रममा मुख्य आकर्षण नै प्रचण्ड नै बनेका थिए ।

अध्यक्ष प्रचण्डसहित नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, गृहमन्त्री राम बहादुर थापा बादल, रक्षामन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायतले पार्टीका नेता कार्यकर्ता र सर्वसाधारण सुभेच्छुकहरुसँग शुभकामना आदानप्रदान गरेका थिए ।
उनीहरुले १२ बजेदेखि ३ बजेसम्म भिन्नै टेन्टमा सोपामा वसेर शुभकामना आदान प्दान गरेका थिए भने ३ बजेपछि अकैृ सजाइएको मञ्चमा विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरु र अन्य दलका नेताहरुलाई शुभकामना आदान प्दान गरेका थिए ।
३ बजे पछिको कार्यक्रम भने औपचारिक रुपमा संचालन गरिएको थियो भने ३ बजे अघिको कार्यक्रम अनौपचारिक ढंगले संचालन गरिएको थियो ।

कार्यक्रममा पुर्व माओवादी र पुर्व एमालेका हजारौं कार्यकर्ता र नेताहरु सहभागि भएका थिए भने चियापानमा काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवासहित काङ्ग्रेस नेता प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर, भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीलगायत नेताको सहभागिता थियो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा सङ्क्रमण देखिएको छ । महासचिव  बिष्णु पौडेलले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीमा सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा संक्रमण देखिएको हो । सोही समस्याको कारण पार्टीको तर्फबाट आज आयोजित चियापानमा प्रधानमन्त्री ओली सहभागी हुन सक्नुभएन उनले भने ।

महासचिव पौडेलले उहाँको अवस्था कार्यक्रममा उपस्थित हुन नसक्ने रहेको जानकारी संचारकर्मीलाई गराएका थिए ।
चियापान तथा शुभकामना कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरु एक आपसमा तस्वीर खिच्ने र सेल्फी हान्नेमा व्यस्त थिए भने नेताहरु आएका महानुभावहरुलार्ई हात जोडेर नमस्कार गर्दे शुभकामना आदान प्रदान गरिरहेका थिए ।

Loading...

Related News

syndicate is chrime : Home minister Thapa

Beni, 13 Nov – Home Minister Ram Bahadur Thapa has said that the government was working to end syndicate in…

कांग्रेसमा देउवा विरुद्ध पुर्व संस्थापन पक्ष एक, सुजाता निवासमा भेला

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा विरुद्धको मोर्चाबन्दी शुरु भएको छ । १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी