रामबीरको राजीनामा : बामदेवले दिए धन्यवाद, बाबुरामले भने भ्रष्टीकरण

100 Hits

काठमाडौं, २४ असोज ।
अहिले चर्चाको शिखरमा छ काठमाडौं क्षेत्र नं ७ का सांसद रामबीर मानन्धरले घोषणा गरेको राजीनामा । नेकपाका नेता समेत रहेका प्रतिनिधिसभाका सांसद रामबीरले एक्कासी आफ्नो सांसद पद त्याग्दै शिर्ष नेता बामदेब गौतमको लागि स्थान खाली गरेको चर्चाले सिंगै नेपाल र नेपालीको ध्यान खिचेको छ ।


आफू जनताबाट प्रत्यक्ष निर्वाचीत सांसद हुँदा हुँद्यै निर्वाचनमा अन्यत्रै पराजीत भएका नेताको लािग स्थान खाली गर्ने कुरा सामान्य मान्न सकिंदैन तर उनले पद खाली गरिदिए जसले दुई खालका प्रतिक्रिया र टिप्पणहरु आएका छन् ।
आम जनता र मतदाता जसले रामबीरलाई काठमाडौं ७बाट जिताएका थिए उनीहरुको आधिकार िप्रतिक्रिया नआएपछि खुशी भउको महसुस गरिएको छैन भने जसको लागि रामबीरले स्थान खाली गरिदिए उनले भने रामबीरलाई उच्च् सम्मान व्यक्त गर्दै खुशी प्रकट गरेका छन् ।
सत्तारुढ दल नेकपाका सचिवालय सदस्य तथा पुर्व उपप्रधानमन्त्री बामदेव गौतमले रामबीरप्रति आफू नतमस्तक र गर्वीलो भएको धारणा व्यक्त गरेका छन् । उनले आफू र रामवीर संगठन र पार्टीकै सिपाही भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । तपाईले गरेको त्याग प्रति आँच आउन दिने छैन । पार्टीको गरिमालाई उचो राख्न र तपाईले म प्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन ।
हेर्नुहोस बामदेव गौतमको बुधबार विहान प्रेसित स्टाटस ।

नतमस्तक छु कमरेड रामबीर मानन्धर ,
तपाईले आज पत्रकार सम्मेलन गरेर जुन अभिब्यक्ति दिनुभयो त्यो बिचार ले मेरो कद अझ उचो बनाएको छ । संगठनका लागि हामी दुवै जना सिपाही हो । भोलीका दिनमा संगठनले मलाई दिने भूमिका र तपाईले गरेको त्याग प्रति आँच आउन दिने छैन । पार्टीको गरिमालाई उचो राख्न र तपाईले म प्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन । पार्टीले हामीलाई भुमिका र जिम्मेवारी जे जस्तो दिए पनी जनताको काममा संधै संगै रहनेछौं ।

 

त्यसैगरी रामवीरको राजीनामाले राजनीतिमा भ्रष्टीकरण भएको र लोकतन्त्रको रक्षा गर्न सबै जागरुक हुनपर्ने प्रतिक्रिया पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले दिएका छन् ।
अमेरिका भ्रमणमा रहेका नेता भट्टराईले सामाजिक संजाल ट्वीटरमा काठमाडौं ७ मा रामबीरले दिएको राजीनामा र बर्दियामा हारेका बमदेवलाई ल्याउने प्रपञ्च लोकतन्त्र विरोधी भउको टिप्पणी गरेका छन् ।
हेर्नुहोस उनको स्टाटस ।

Loading...

Related News

संविधान : अाधा भरि, अाधा खाली – डा. भट्टराई

संविधान बनेकाे ३ वर्ष पुग्दैछ । त्यही संविधान निर्माणकाे मुख्य अभिभारा निर्वाह गरेका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान लाई…

जनयुद्धमा भएका गल्ती–कमजोरी क्षमा गरिदिन बाबुरामको आग्रह

काठमाडौँ — माओवादी जनयुद्ध नेपाली लोकतान्त्रिक आन्दोलनको सम्भवत: सबैभन्दा महत्त्वपूर्ण कोशेढुंगा हो । लखन थापा मगरको विद्रोहबाट सुरु भएको नेपाली समाजको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी