बामदेबलाई सांसद बनाउन रामबीरले दिए राजीनामा, काठमाडौं ७ मा पुनः चुनाव हुने

205 Hits

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका नेकपा नेता बामदेव गौतमलाई सांसद बन्ने बाटो खुला भएको छ । काठमाडौं क्षेत्र नं ७ बाट सांसद बनेका प्रतिनिधसभा सदस्य रामवीर मानन्धरले आज आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराउनका लागि सांसद मानन्धरले राजीनामा दिएको स्पष्ट पारेका छन् । आज संवाद चौतारीमा आयोजित कार्यक्रममा उनले विगतमा पार्टीले पठाएर निर्वाचनमा गएको र अहिले पार्टीले भनेकाले राजीनामा दिएको बताए।

नेवार समुदायका सथापीत नेता मानन्धरले आफूलाई पार्टीले भनेकाले राजीनामा गरेर गौतमका लागि काठमाडौं ७ खालि गर्न लागेको बताए। उनले यहाँका जनताले विकास पाउन् भनेर आफूले राजीनामा दिन सहमत भएको बताए।
मानन्धरले आफूले जनचाहना अनुसार काम गर्न नसकेको पनि उक्त अवसरमा बताएका थिए । सोमबार बसेको नेकपाको सचिवालय बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमले रामवीर मानन्धर राजीनामा दिन तयार भएको जानकारी गराएका थिए ।

गौतमले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट उपनिर्वाचन मार्फत सांसद बन्ने प्रयास गर्दै आएका थिए। मानन्धरले राजीनामा दिएसँगै वामदेव सांसद बन्ने करीब पक्का भएको छ ।
नेकपा केन्द्रीय सचिवालयको बरियतामा गौतम भन्दा अगाडि रहेका चारै नेता प्रधानमन्त्री भइसकेका छन्। अध्यक्ष केपी शर्मा ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बहाल छन्। अर्का अध्यक्ष प्रचण्डपनि दुई पटक प्रधानमन्त्री भइसके। तेस्रो बरियतामा रहेका माधव नेपाल र चौँथो बरियतामा रहेका झलनाथ खनालपनि एक(एक पटक प्रधानमन्त्री भइसकेका छन्।

नेकपा केन्द्रीय सचिवालयको बरियतामा गौतम पाचौँ नम्बरमा छन्। उनी तीन(तीन पटक गृहमन्त्रालय सहित उपप्रधानमन्त्री भइसके। तर, प्रधानमन्त्री बन्न पाएका छैनन्।

Loading...

Related News

1 Comment for “बामदेबलाई सांसद बनाउन रामबीरले दिए राजीनामा, काठमाडौं ७ मा पुनः चुनाव हुने”

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी