दूर दराजका बस्तीमा ३ सय ५० खानेपानी आयोजना दिँदैछु : मन्त्री मगर

168 Hits

चितवन २० असोज ।
खानेपानी मन्त्री बिना मगरले दूर्गम बस्तीमा करिब ३ सय ५० खानेपानी योजना दिन लागेको बताएकी छीन् ।
चितवनको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको नवौँ साधारणसभा तथा पाँचौँ अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले तत्कालै खानेपानीको जटिल समस्या भएका गाउँहरुबाट योजनाहरु छनोट भएको समेत बताइन् ।

उनले १५ दिनको अवधिमा दुरदराजका गाउँहरुबाट करिब ३ सय ५० योजना संकलन भइसकेको जानकारी दिइन् । उनले आधा घन्टादेखि ५ घण्टा सम्मको बाटो हिँडेर पानी लिन जाने बाध्यता हटाउनका निम्ति ३५० योजना संकलन गरेको र तत्कालै ती योजनाहरुमा काम सुरु गर्ने प्रतिबद्धता जनाएकी छन् ।
देशभर खानेपानी समसया अन्त्य गर्ने अभियानमा सक्रिय मन्त्री मगरले यस अघि नै खानेपानीको लागि आधा घण्टा भन्दा वढि समय लाग्ने बस्तीहरुको सूचना माग गरेकी थिइन् ।

उनले केही ठूला नदीहरुको पानी पूर्ण प्रशोधन गरी आपूर्ति गर्ने उद्देश्यले गौरवका आयोजनाहरु सञ्चालन गर्ने तयारी भइरहेको पनि बताइन्।मन्त्री मगरले हरेक जनता माझ खानेपानीको पहुँच पुर्याउन त्यसै खेर गइरहेका केही ठूला नदीहरुबाट खानेपानी आयोजना सुरू गर्न लागेको जानकारी दिइन् ।

उनले भनिन्, ‘कर्णाली, महाकाली, भेरी, बबई र नारायणी जस्ता ठूला नदीको पानी पूर्ण प्रशोधन गरी आपूर्ति गर्ने योजनामा जुटेका छौं, त्यसका लागि मन्त्रालयले विदेशी दातृ निकाय तथा कम्पनीसँग लगानीका लागि कुरा अगाडि बढाइरहेको छ । हामी डिपीआरलाई अन्तिम रुप दिने तयारीमा छौं ।’

कार्यक्रममा उनले हिमालबाट बग्ने हिमनदीको पानी प्रशोधन गरी विदेश निर्यात गर्ने योजना पनि सँगै अगाडि बढाएको जानकारी दिइन् । उनले खानेपानीको आयोजनासँगै प्रारम्भिक प्रशोधन गरी ढल निकास गर्नुपर्ने व्यवस्थालाई समेत नीतिगत ढंगले अगाडि बढाउन लागिएको बताइन् ।

उनले देशभर रहेका खानेपानी उपभोक्ता संस्थाका गतिविधि तथा कामकार्बाही एउटै नेटवर्किङभित्र राखेर अध्ययन गरिने बताइन् । सह–लगानीका आयोजनाहरू प्रभावकारी ढंगले अगाडि बढाउन मन्त्रालय लागिपरेको उनको भनाइ छ ।

Loading...

Related News

मेलम्चीमा सिएममी फर्काउन नमानेपछि खानेपानी सचिव ठाकुरको सरुवा

काठमाडौं, ७ फागुन । सरकारले मेलम्ची खानेपानी आयोजनाको जिम्मेवारी लिएको ईटालियन ठेकेदार कम्पनि सिएमसीलाई काममा फर्काउन नचाहने खानेपानी मन्त्रालयका सचिव…

काठमाडौंको खानेपानीको समस्या हल गर्न निकै गम्भीर : खानेपानी मन्त्री

काठमाडौं, १ फागुन । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई निकै गम्भीरतापूर्वक सरकारले हल गर्न खोजिरहेको बताउनुभएको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी