ट्रक र माइक्रो ठोक्किंदा ६ जनाको मृत्यु, १६ घाइते

175 Hits

नेपालगञ्ज २० असोज ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किंदा ६ जनाको मृत्यु भएको छ । जस मध्ये ४ जनाको घटनास्थलमै र बाँकी २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य १७ जना घाइते भएका छन् ।

दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक आज शनिबार बिहान करिब सवा ९ बजेतिर राप्ती सोनारी गाउँपालिका ९ मुगुवा खोला नजिक ठोक्किएका थिए । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलमा डिएसपी रमेश बहादुर सिंह नेतृत्वको टोली उद्धारमा खटिएको छ ।

दुर्घटनाको कारण एकिन नभएपनि तिब्र गतिका कारण भएकाे प्रारम्भिक अांकलन छ ।

Loading...

Related News

बस र भ्यान ठोक्कीएको मोरङ दुर्घटनामा २ को मृत्यु

सुनसरी, २ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीमाशनिश्चरे १० मा बस र तरकारी बोकेको भ्यान आपसमा ठोक्किँदा २ जनाको मृत्यु…

कर्णालीमा वेपत्ता भएका अझै भेटिएनन्, खोजी कार्य जारी

हुम्ला, ५ असार ।हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ज ७१६६ नंको जीपको खोजी कार्यका लागि कुरिनटारबाट गोताखोरसहित…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का