नेकपाको सचिवालय बैठक २१ गते, के गर्ला सचिवालयले ?

87 Hits

काठमाडौं, १९ असोज-
सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठक आगामी असोज २१ गते बस्ने भएको छ । पार्टी अध्यक्षद्वय प्रधानमन्त्री के पी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफलपछि सचिवालय बैठक २१ गते राख्ने निर्णय भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

बैठकमा पार्टी तथा सरकार सञ्चालनका बारेमा छलफल गर्ने मुख्य एजेण्डा रहेको बताइएको छ ।

शुक्रबार बिहान अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै २ घण्टाको छलफल भएको थियो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर हिजो मात्रै फर्केका थिए भने प्रचण्ड आफ्नी जीवनसंगीनी सिता दाहालको उपचारको क्रममा सिंगापुर गएर केही दिन अघि मात्रै फर्केका थिए । उनीहरु विदेश भएको बेला नेकपाका एक प्रमूख नेता माधव कुमार नेपालले स्थायी समिति सदस्यहरुलार्य बोलाई छुट्टै भेला गरेका थिए ।

नेकपामा पछिल्लो समय पार्टी र सरकार सञ्चालनका विषयमा अध्यक्षद्धयले आफुखुसी निर्णय गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालले चर्को असन्तुष्टि जनाउदै आएका छन् ।

सचिवालय बैठकमा माधव नेपालका विषय पनि छलफल हुने र तल्लो तहको एकीकरणको लािग ठोस कार्ययोजना निर्माण गरिने महासचिव विष्णु पौडेलले बताएका छन् ।

Loading...

Related News

प्रदेश र संघिय सरकार बैठक : समस्या समाधानको लागि कार्यदल गठन

काठमाडौं, २५ मंसिर । अन्तर प्रदेश परिषदको बैठकले प्रदेशले भोग्नु परेका समस्या समाधान गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ।…

हाम्रो सफलताले अरुलाई पनि सिकाउन सक्छ : प्रम ओली

काठमाडौँ, १५ मङ्सिर प्रधानमन्त्री एवं नेककपाका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी