१३ दिनपछि स्वेदश फर्किए प्रधानमन्त्री ओली

96 Hits

काठमाडौं, १८ असाेज । १३ दिने विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली  स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्र संघको ७३औं महासभालाई सम्बोधन गर्न न्युयोर्क गएका उनी आज स्वदेश फिर्ता भएका हुन् ।

गत असोज ६ गते न्युयोर्क उडेका ओली आज दिउँसो काठमाडौं ओर्लिए । ओलीको स्वागतमा रक्षामन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापालगायत अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

न्युयोर्कमा छँदा ओलीले राष्ट्र संघको महासभालाई सम्बोधन गरेका थिए । त्यसबाहेक उनी विभिन्न कूटनीतिक र गैरराजनीतिक कार्यक्रममा पनि सरिक भएका थिए ।

महासभालाई सम्बोधन गरेपछि प्रम ओलीले कोस्टारिकाको भ्रमणसमेत गरेका थिए । त्यहाँ उनलाई शान्ति विश्वविद्यालयले विशेष सम्मान मानार्थ विद्यावारिधि उपाधि दिएर सम्मानसमेत गरेको थियो । ओली आज दोहा हुँदै स्वेश फर्किएका हुन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी