टोटनह्यामलाई ४-२ ले हराउँदै बार्सिलोना विजयी

86 Hits

एजेन्सी-

च्याम्पियन्स लिग फुटबलमा बुधबार राति भएको स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ । लियोनल मेसीको कप्तानीमा रहेको बार्सिलोनाले इंग्लिस क्लब टोटनह्यामलाई ४-२ को हराउँदै विजयी भएको हो ।

समूह बी अन्तर्गतको खेलमा बार्सिलोनाले माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामलाई उसकै मैदानमा निराश पारेको हो । बार्सिलोनाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा दुई गोल गरेको हो । टोटनह्यामले दोस्रो हाफमा दुई गोल फर्काए पनि हार टार्न सकेन ।

बार्सिलोनाका लागि दोस्रो मिनेटमा नै फिलिप कोन्टिन्होले गोल गर्दै सुरुवाति अग्रता दिलाए । २८ औं मिनेटमा इभान रेकिटिकले गोल गरेपछि पहिलो हाफमा स्पेनिस क्लबले २-० को अग्रता लियो ।

दोस्रो हाफमा टोटनह्यामले खेलमा फर्किने संकेत गर्यो । उसका लागि ५२ औं मिनेटमा ह्यारी केनले गोल फर्काए । तर त्यसको चार मिनेटपछि बार्सिलोनाका कप्तान मेस्सीले गोल गरे ।

६६ औं मिनेटमा एरिक लामेलाले टोटनह्यामका लागि गोल गरेपछि खेलमा बार्सिलोनाको अग्रता ३-२ को अवस्थामा पुग्यो । तर ९० औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ४-२ को जित पक्का गरेको हो ।

Loading...

Related News

१८ वर्षमै सन्दीपले पाएको यो सफलता : पाकिस्तान सुपर लिगमा छनौट, ५० हजार डलर मूल्य

काठमाडौं, ५ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने १८ वर्षको उमेरै सबैभन्दा महंगो नेपाली खेलाडि बन्न…

तेक्वान्दो संघलाई राखेपको सात दिने चेतावनी

काठमाडौँ, २८ कात्तिक / राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी