मेस्सीको जादुमयी प्रदर्शन, विपक्षी समर्थक पनि उत्साहित

60 Hits

काठमाडौं, १८ असाेज ।च्याम्पियन्स लिग फुटबलको समूह चरणमा स्पेनिस क्लब बार्सिलोनाले यो सिजन राम्रो गरिरहेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको दोस्रो खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले इंग्लिस क्लब टोटनह्याममाथि ४–२ को जित निकालेको छ ।

समूह बी अन्तर्गतको खेलमा बार्सिलोनाले माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामलाई उसकै मैदानमा निराश पारेको हो । बार्सिलोनाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा दुई गोल गरेको हो । टोटनह्यामले दोस्रो हाफमा दुई गोल फर्काए पनि हार टार्न सकेन ।

बार्सिलोनाका लागि दोस्रो मिनेटमा नै फिलिप कोन्टिन्होले गोल गर्दै सुरुवाति अग्रता दिलाए । २८ औँ मिनेटमा इभान रेकिटिकले गोल गरेपछि पहिलो हाफमा स्पेनिस क्लबले २–० को अग्रता लियो ।

दोस्रो हाफमा टोटनह्यामले खेलमा फर्किने संकेत गर्यो । उसका लागि ५२ औँ मिनेटमा ह्यारी केनले गोल फर्काए । तर त्यसको चार मिनेटपछि बार्सिलोनाका कप्तान मेस्सीले गोल गरे ।

६६ औँ मिनेटमा एरिक लामेलाले टोटनह्यामका लागि गोल गरेपछि खेलमा बार्सिलोनाको अग्रता ३–२ को अवस्थामा पुग्यो । तर ९० औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ४–२ को जित पक्का गरेको हो ।

समूह बी अन्तर्गत नै भएको खेलमा इटालियन क्लब इन्टर मिलानले पिएसभी एन्थोवेनलाई २–१ ले हरायो । यसको अर्थ लगातार दुई खेल जितेको बार्सिलोना र इन्टर मिलान समान ६ अंकसहित समूहको पहिलो र दोस्रो स्थानमा छन् । अहिलेसम्म अंक नजोडेका टोटनह्याम र पिएसभी त्यसपछि।

बार्सिलोनासँगको खेलमा केनसहितको टोटनह्यामले राम्रो प्रदर्शन गरेको थियो तर त्यसमा गुणात्मकता भने देखिएन । तर वेम्बली मैदानमा टोटनह्यामका फ्यान हारको पीडा भुलेर स्टार खेलाडी मेस्सीको सम्मानमा देखिए । वेम्बली मैदान मेस्सीको जादुमयी प्रदर्शनबाट उत्साहित देखिएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी