70 Hits

एजेन्सी,
मानिस मात्रै गुफामा बास बस्दैनन् । जनावर पनि गुफा बस्ने गर्छन् । अहिले यस्तै एउटा घटना सार्वजनिक भएको छ । तर, यो घटना केही पुरानो हो ।

खबरअनुसार सन् १९९७ मा न्युजिल्यान्डमा एउटा भेडा एकाएक हरायो । भेडा गुफामा पसेको थियो । स्थानीय भेडा फर्ममा रहेका हजारौं भेडामध्ये अलि धुर्त र डरपोकखालको भेडा गुफा पसेर हराएको थियो ।

पछि ऊन काड्नका लागि फार्मबाट भेडा बाहिर निकालेका बेला उक्त भेडा विशाल गुफाभित्र पसेको थियो । हेर्दाहर्दै उक्त भेडा ६ वर्षसम्म बाहिर आएन, गुफाभित्रै लुक्दै आयो ।

तर, उक्त भेडा ६ वर्षपछि भने एकदिन केही बाहिर आयो । त्यसैबेला मानिसले उक्त भेडालाई समाते । ६ वर्षपछि भेट्दा त्यो भेडालाई भेडा नै हो भनेर चिन सकिने अवस्था थिएन ।

भेडा गुफा बस्दा उसको उमेर ४ वर्षको थियो, निस्केर आउँदा ऊ १० वर्षको भयो । त्यसबेलासम्म उसको शरीरमा बाक्लो गरी ऊन तयार भइसकेको थियो ।

पछि मानिस लगाएर भेडाको शरीरबाट ऊन निकाल्दा ६० पाउन्ड जम्मा भएको थियो । यतिसम्म कि, लामो समयसम्म ऊन नकाड्दा भेडा ऊनले नै छोपिइसकेको थियो । झट्ट हेर्दा भेडा ऊनले ढाकिएर सानो ढिस्कोजस्तै भएको थियो ।

पछि यो भेडाको समाचार चर्चित भएपछि यसको नाम नै ‘श्रेक’ राखियो । यो नाम एउटा एनिमेटेड फिल्मको पात्रको नाम थियो । मानिसले भेडा चर्चित बनेपछि उसकै नाम राखिदिए ।

पछि उक्त भेडालाई सहरका एक ठूला व्यापारीले लिलामीमा खरिद गरेका थिए । उक्त भेडा सन् २०११ मा बिरामी परेर मरेको थियो । भेडा मरेपछि सिंगै देशमा एकदिन ठूलो शोक नै मनाइएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी